
सर्वसाधरणको प्रवेशमा कडाई गरिने प्रमुख प्रसाशनिक निकाय सिंहदरवारमा जोगीका भेषधारीहरु सहजै प्रवेश गरिरहेको भेटिन्छ । यस्तै मध्यका एक जोगी अचेल हरेक दिनजसो सिंहदरवार भित्रन्छन ।
सिंहदरवार उनले चाहर्न बाँकी सरकारी कार्यालय कुनै छैन । इलाका प्रहरी कार्यालय हरकटवा, जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा समेत निवेदन चढाईसकेका सर्लाही महिनाथपुर वडा नं. ९ का अच्छेलाल राय यादव प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भेटिए ।
२०७२ वैशाखको भूकम्पले भत्किएको घर र हात भाँचिएको छोरीको फोटो देखाउँदै राहत माग्दै हिँडेका यादव प्रधानमन्त्री कार्यालयमा पनि निवेदन चढाउने उदेश्यले पुगेकारहेछ ।
‘अरु कार्यालयमा दोहो¥याई ते¥याई गएँ, तर चासो दिएजस्तो लागेन त्यसैले प्रधानमन्त्री कार्यालयमा आएको, तर यहाँ प्रहरीले छिर्न पनि दिएन, बाहिर बस्न पनि नदिंदो रहेछ’ जोगीको पहिरनमा भेटिएका यादवले भने । सरकारी कर्मचारीले यता र उता देखाउँदै झुलाईरहेको उनको भनाई छ ।
भूकम्पले घर भत्किएपछि अच्छेलाल २०७२ असारमै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिन पुगेका थिए । राहतको आशमा उनी यसरी मन्त्रालय धाँउदै हिडेका रहेछन । – एस काठमाडौं

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्