×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुवाडेलाई छुटाउन प्रधानमन्त्रीको फोन

LAXMI SUNRISE BANK

जुवाडेलाई छुटाउन प्रधानमन्त्रीको फोन

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल भाषणमा चर्का कुरा गर्छन् । ढोंगी स्वभावका दाहाल निवर्तमान प्रधानमन्त्री केपी ओलीभन्दा लोकप्रिय बन्ने धुनमा लागेका छन् । त्यसैकारण प्रधानमन्त्रीले सानातिना विषयमा पनि निर्देशन दिएर सस्तो लोकप्रियता बटुल्ने प्रयास गरिरहेका छन् ।  दाहालको भाषण र गराईमा पनि ठूलो अन्तर छ । कतिसम्म भने जुवा खेलाउनेलाई छुटाउनसमेत उनले राज्यसंयन्त्रको दुरुपयोग गर्दै आएका छन् ।
दाहालको निर्देशनमा हालै ललितपुरमा एक ‘मिनी क्यासिनो’ सञ्चालक छुटेका छन् । बालकुमारीस्थित होटल डेसिटनेशनका सञ्चालक काभ्रेका गुणनिधि सापकोटालाई दाहालको आदेशमा मुद्दा नलचाई छाडिएको छ । होटलमा नियमित रुपमा जुवा खेलाएको आरोपमा उनी पक्राउ परेका थिए ।  सुरुमा उनलाई छाड्न प्रघानमन्त्रीको नाम लिँदै उनका सहयोगीले ललितपुर प्रहरी परिसरका एसएसपी पिताम्बर अधिकारीलाई दबाब दिएका थिए । तर, जुवा खेलाउने व्यक्तिलाई छाडेर जुवाडेलाई मात्र थुन्न नमिल्ने र त्यसो गर्दा प्रहरी बदनाम हुने भन्दै एसएसपी अधिकारीले मानेनन् ।
अनेक लफडामा पर्दै आएका एसएसपी अधिकारीले जुवा सञ्चालकलाई छाडेर अर्काे टेन्सन लिन चाहेनन् ।  त्यसपछि प्रधानमन्त्री कार्यालय अधिकारीले जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता ईश्वरीप्रसाद बञ्जाडेलाई फोन गरे । हाल महान्यायाधीवक्ता माओवादीका रमण श्रेष्ठ भएकाले कम्युनिष्ट पृष्ठभूमिका बञ्जाडेले उक्त आदेश अस्वीकार गर्न सकेनन् ।
होटल संचालकको उक्त घटनामा संलग्नता नभेटिएको भन्दै उनलाई म्याद नै थप नगरी उनले छाड्ने आदेश दिएका हुन् ।  गत भदौ २१ गते सापकोटाको होटलबाट १३ जना पेशेवर जुवाडे पक्राउ परेका थिए । उनीहरुले बयानमा सञ्चालक सापकोटाले जितको १० प्रतिशत कमिसन लिनेगरी जुवा खेलाउँदै आएको खुल्यो । तर त्यसबेला सापकोटा होटलमा थिएनन् । बेलुका उनलाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउपछि म्यादथपको क्रममा जिल्ला सरकारी वकिल कार्यालयले छाड्ने आदेश दिएपछि प्रहरी चकित भएका हुन् ।
१३ जना जुवाडेबाट खालमा २ लाख ८१ हजार ६ सय रुपैयाँ पनि बरामद भएको जनाएको छ ।  होटल सञ्चालकका छोरा सुमन सापकोटा, पेशेवर जुवाडेहरु प्रदीप धिताल, नवराज अर्याल, राकेश कार्की, देवराज शर्मा, विजय केसी, समीर सापकोटा, विज्ञान सिलवाल, देवेन्द्र थापा, दीपेन्द्र पराजुली, कुमार दाहाल, विजय खत्री र चिरञ्जीवी शर्मा पक्राउ परेका थिए ।

  • दृष्टि साप्ताहिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी