×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! रत्नपार्क वरपर हात हेर्न बसेका यी भारतीय जोगीहरु ज्योतिष होइनन् ठग हुन् !

LAXMI SUNRISE BANK

होसियार ! रत्नपार्क वरपर हात हेर्न बसेका यी भारतीय जोगीहरु ज्योतिष होइनन् ठग हुन् !

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 
  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – रत्नपार्क वरपर हिजोआज एक दर्जनभन्दा बढी भारतीय जोगीहरु हात हेर्न बसेको देख्नुभएको छ होला । तर झुक्किएर पनि यिनीहरुसँग हात देखाउने काम नगर्नु होला । किनकि यिनीहरुले तपाइंको भविष्य मन गणन्ते पारामा त भन्छन् नै, यिनीहरुले तपाइंलाई अनेक तरिकाले ठग्छछन् ।   विशेषगरी महिलाहरुलाई यिनीहरुले बढी ठग्ने गरेको पाइएको छ ।
यसरी ठग्छन् यिनीहरुले :
सिन्धुपाल्चोक घर भएका सिता कुमारी सिग्देल केहि दिन अघि यहि रत्नपार्कमा हात् हेराउन एक भारतीय जोगीको शरणमा पुगिन् । आफुलाई ठुलो दशा लागेको र त्यसका लागि रुपैयाँ २५०० पर्ने विशेष जप गर्नुपर्ने भनियो । पछी बार्गेनिङ  गरी १५०० मा कुरा मिल्यो र उनी घर फर्किन् । उनी जानेबित्तिकै अर्का एक जोगीसँग ती जोगीले उनीहरुकै भाषामा ‘मुर्गा भेटियो’ भन्दै हाँसेको देखेपछी एक अर्की युवतीले सिग्देललाइ यस बारे जानकारी दिएकी थिइन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सिग्देल भन्छिन्, ‘एक मनले त प्रहरीलाई उजुरी गरौँ जस्तो पनि लागेको थियो । तर फेरी लफडामा परिएला भनेर गरिंन ।’   

ज्योतिष होइनन् उनीहरु 
आफुलाई हात हेराउने ज्योतिष भन्ने उनीहरुले ज्योतिष विज्ञान पढेका छैनन् । बिहिबार ती भारतीय बाबाहरुसंग अर्थ सरोकारकर्मीले ज्योतिष विद्द्या पढ्नुभएको छ भनी सोध्धा ती जोगीले आफुलाई २ मिनेटको मन्त्र फुकेर आफ्ना गुरुले शक्ति दिएको बताए । उनी मात्र होइन उनका सबै साथीहरु गुरुबाट यस्तै मन्त्र लिएर ज्ञानी बनेको उनको दावी थियो ।   
पार्ट टाइम पागने पनि 
यिनीहरु पार्टटाइम माग्ने काम पनि गर्छन् । रत्नपार्क वरपर भेटिएकी एक वृद्धाले भनिन्,’ यो पूरै ठगी हो । योंई जोगीहरुलाई विहान कहिले पशुपति कहिले कता देखिन्छ । कोहि बिहान यहाँ बसेर दिउँसो उता जान्छन ।  उनका अनुसार त्यहाँ बस्ने कतिपय भारतीय जोगीहरुले नजिकै को पासलमा सेकुवा समेत खाने गरेका छन् ।’साधु शान्त भएर कसैले सेकुवा खान्छ ?’ उनको भनाइ थियो । हामी मिडियाबाट हो भन्ने थाहा पाएपछि उनी भन्छिन्, ‘यी सबको फोटो खिचेर हाले हुन्छ पत्रिकामा । यी सब ठग हुन् ।’    

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी