×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेको पाँचखालमा एमाले प्रवेशको लर्को

LAXMI SUNRISE BANK

काभ्रेको पाँचखालमा एमाले प्रवेशको लर्को

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार सम्बतदाता 

काभ्रेको पाँचखाल नगरपालिकामा एमालेमा प्रवेश गर्नेहरूको लर्को लागेको छ । पाँचखालको खावा लगायतका क्षेत्रमा दर्जनौं युवाहरू प्रवेश गरेको महिना नबित्दै पुन पाँचखाल तामाघाटमा युवासंघ पाँचखालले आयोजना गरेको कार्यक्रममा सयौं युवाहरु प्रवेश गरेका हुन ।
नव प्रवेशी युवाहरुलाई नेकपा एमाले काभ्रे जिल्ला सचिवालय सदस्य तथा मोर्चा विभाग प्रमुख कन्चन अधिकारीले नेकपा एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा प्रमुख अतिथी अधिकारले पाँचखालको विकास र समृद्धिमा एमालेलाई जोडेर सगठन निर्माणमा लाग्न र पार्टीको पक्षमा जनलहर सृजना गर्न जोड दिनुपर्ने बताए । उनले नेकपा एमालेको नेतृत्वमा मात्र मुलुक र पाँचखालको विकास र समृद्धि हुने हुँदा स्थानीय, प्रदेश र केन्द्रीय चुनाबमा एमालेलाई बिजाई बनाउने अभियानको अभियन्ता बन्न युवालाई आग्रह गरे ।
कार्यक्रम नेकपा एमाले जिल्ला सदस्य पुष्कर ढकाल र पाँचखाल नगर उपाध्यक्ष रुद्र बानिया, सचिव बिस्नु पौडेल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम युबासघ पाँचखाल अध्यक्ष दिनेस ढकालको सभापतित्वमा, शेसराज लामिछानेको सन्चालन, रबि तिमल्सेनाको स्वागत र उपाध्यक्ष प्रताव लामाको सम्योजमा सम्पन्न भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी