×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यकर्ता चिन्न छाड्दा बबाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कार्यकर्ता चिन्न छाड्दा बबाल

Artha Sarokar

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नपाउँदा चिच्याउने, पाएपछि एक्लै खाने कम्युनिस्टहरूको नैतिक चरित्र जस्तै भएको छ । यस्तै चरित्र देखाउँदा प्रचण्ड सरकारमा माओवादीबाट मन्त्री बनेका विरुद्धको उजुरीको चाङ हेडक्वाटरमा पुग्न थालेको छ ।
सरकारमा प्रतिनिधित्व गर्ने उपप्रधानमन्त्री कृष्णबहादुर महरा र मन्त्री जनार्दन शर्माबाहेक अरू मन्त्रीले कार्यकर्तालाई वास्ता नगरेको उजुरी हेडक्वाटरमा पुगेको हो । खेलुकदमन्त्री दलजित श्रीपालीलाई ५ दिनअघि भेट्न उनको कार्यालयमा पुगेका माओवादी केन्द्रका एक कार्यालय सदस्यलाई समेत उनले समय नदिएको थाहा भएको छ । झन्डै ४५ मिनेटको पर्खाइपछि उनी फर्केर आएको विषय अहिले माओवादीभित्र चर्चामा छ ।

मन्त्री श्रीपालीलाई बारम्बार फोन गर्दा समेत स्वकीय सचिवले मात्रै उठाउने गरेको र फोनमा समेत सम्पर्कमा नआउने गरेको उजुरी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष पुगेको छ । प्रचण्डसमक्ष पुगेको उजुरीमा श्रीपाली कार्यकर्तासँग फोन सम्पर्कमा नआउने, कार्यकर्ता र पार्टीका नेतालाई बेवास्ता गर्ने र कार्यकर्ताले ल्याएको विकासका काममा चासो नदेखाउने गरेको उल्लेख भएको स्रोतका दाबी छ । 

त्यसैगरी, अर्का मन्त्री हितबहादुर पाण्डेले गर्ने गरेको व्यवहारलाई लिएर पनि प्रचण्डको कानमा खबर पुगेको छ । पाण्डेको भने उनको व्यक्तिगत नभई सचिवालयको विषयमा खबर पुगेको जनाएको छ । पाण्डेका सचिवालयले कार्यकर्तासँग टेलिफोन गर्ने गरेको व्यवहार र मन्त्रीसँगको सम्पर्क जुटाउन गरेको आलटालका खबर प्रचण्डको कानमा पुगेको छ । प्रचण्डकहाँ पुगेका खबरमा मन्त्री श्रीपाली र पाण्डेले मात्रै होइन, शिक्षामन्त्री डिआर पौडेल, सञ्चारमन्त्री राम कार्कीका बारेमा समेत टिप्पणी गरेका छन् । यद्यपि, कार्कीबारे प्रचण्डसँग खबर पुगेपछि त्यसको सुनुवाइ र आवश्यक कारबाही भइसकेको स्रोतले बतायो । मन्त्री श्रीपालीलाई भने आवश्यक छानबिन भइरहेको प्रचण्ड निकट स्रोतको दाबी छ । 
  • जनप्रहार साप्ताहिक 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी