×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोल्पामा के गर्दै छन् डा.गोबिन्द केसी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रोल्पामा के गर्दै छन् डा.गोबिन्द केसी ?

Artha Sarokar

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


रोल्पा – ग्रामीण भेगका जनताको उपचार गर्ने भन्दै डा.गोबिन्द केसी रोल्पा पुगेका छन् । झोलामा केहि औँषधी बोकेर राजधानीवाट रोल्पा आएका डा. केसीले आज र भोली रोल्पाको सुलिचौरमा स्वास्थ्य शिविर संचालन गर्ने बताएका छन् ।
चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका डा. केसीले आफ्ना मागप्रति सरकारले वेवास्ता गरे असोज ३ गतेबाट फेरि अनसन बस्ने घोषणा गरेको केहि दिनपछि रोल्पा पुगेका हुन् ।
सहयोगी बिना नै हिजो रोल्पा सदमुकाम लिबाङ पुगेका केसी आज सुलिचौरमा रहने छन्  । केहि औँषधी बोकेर रोल्पा गएका डा. केसीले रोल्पाका केही संघ संस्था र जिल्ला अस्पतालको सहयोगको अपेक्षा गरेको बुझिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी