
काठमाडौँ – महाधिवेशनमा सभापति देउवालाई जिताउन कम्मर कस्सेर लागिपरेका खुमबहादुर खड्का अन्तत सभापति देउवाको धोखाधडीको शिकार भएका छन । रिक्त रहेको उपसभापति र महामन्त्रीमा क्रमश र ज्ञानेन्द्र बहादुर कार्कीको नाम टुंगो लागेपछि अन्तत काँग्रेसबाट संस्थापन पक्षलाई हराएर देउवा क्याम्पलाई विजय गराउनमा महत्वपूर्ण भूमिका खेलेका खुमबहादुर खड्काहरु ‘हिस्स’भएका हुन ।
१३ औं महाधिवेशनमा बिरामीपर्दा समेत सडकमा आएर साथ दिंदै देउवालाई जिताए पनि उपसभापतिको आश्वासन पूरा नगरी धोका दिन लागेको भन्दै खड्का रुष्ट बनेका छन् । देउवाले प्रमुख पद नदिए पक्ष नै छोड्नेसम्मको चेतावनी उनले दिएका छन् । बूढानिलकण्ठ स्रोतको अनुसार ‘पहिले महामन्त्री र त्यसपछि उपसभापतिलाई मनोनित गर्ने तयारी छ । तत्काल देउवाका नजिकका विश्वासपात्र निधिलाई उपप्रधान र गृहमन्त्री भएकै बेला उपसभापति बनाउने सोच देउवाको छैन ।
देउवाका विश्वाशपात्र ज्ञानेन्द्रलाई नै महामन्त्री बनाउने अन्तिम तयारीमा देउवा जुटेकाछन् । उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित गर्न केन्द्रीय समितिमा प्रस्ताव लगेर अनुमोदन गराउनुपर्नेछ । यस्तोमा देउवाले असोजको दोस्रो सातालाई केन्द्रीय समितिको बैठक डाक्दैछन् ।
‘अब त दबाब र तनाव पनि धेरै भइसक्यो त्यसैले छिट्टै कार्कीलाई महामन्त्री बनाउँदै हुनुहुन्छ’ स्रोतले भन्यो ‘उपसभापतिमा व्यक्तिको टुंगो लाग्यो समय कहिले भन्ने टुंगो लागेको छैन ।’ काग्रेस स्रोतका अनुसार,कार्की देउवाका किचन क्याविनेटका सदस्य हुन् । तर, पार्टी संगठनमा उनको प्रभावशाली पकड भने छैन ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्