
काठमाडौँ – नेकपा (एमाले) का नेताहरुले तत्कालका लागि संविधान संशोधन सम्भव नहुने दाबी गरेका छन् ।फरक–फरक कार्यक्रममा बोल्दै नेताहरुले यस्तो दाबी गरेका हुन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिए ।
इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आज खनालले संविधान संशोधन तत्काल सम्भव नभएको दाबी गरेका हुन् । उनले संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै संविधान संशोधन नहुने अडान राखे ।
खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे । त्यसैगरी एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि संविधान संशोधनका विषयमा सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारी नेपालले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले प्रदेशको सिमा निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकतालगायतका विषयमा सत्तारुढ दलको स्पष्ट धारणा नआएको पनि बताए ।
पाण्डेले प्रदेशको सीमाङ्कनका क्रममा सुनसरी र कैलाली फुटाउने÷नफुटाउने, तराई–पहाड अलग गर्ने/नगर्ने लगायतका विषयमा सत्तारुढ दलभित्रै विवाद रहेका कारण उनीहरुको एकीकृत संशोधन प्रस्ताव आउन कठिन भएको भन्दै तत्काल संविधान संशोधन सम्भव नभएको दाबी गरे ।
- पहिलो न्युज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्