×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसाको लागि प्रेमको नाटक गरेर अपहरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पैसाको लागि प्रेमको नाटक गरेर अपहरण

१९ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्द अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो ।
कसैले घर कहाँ हो भनेर सोध्दा उनी भन्न सक्थे, ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन हो, त्यही मेरो हो ।’ सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिलै हेक्का भएन ।
त्यो घर उनी जहाँ मस्तको निन्द्र निदाउँथे र आरामको जीन्दगी बाँचिरहेका थिए । यसवर्ष त्यसकै कारण उनको झण्डै ज्यान गएन ।
उनको धन दौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहरित अहमद मुस्किलले बाँचेका छन् ।
भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसैसाता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब युवतीले उनलाई आफ्नो घर हो भनि लगेको ठाउँमै थुनिनुपर्यो । भदौ १२ गते उनी लेखनाथ नगरपालिका–८ सिसुवामा अशोक अधिकारीको घरको एक कोठामा बन्धक बने ।
झ्यालबाट झरेर निँस्कदाँ चोरको बात लाग्यो र प्रहरीकहाँ पु¥याइयो । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए । उता उनका दाजुसँग एक करोड रूपैयाँ माग्दै फोन पुगिसकेको थियो । ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले भने ।
स्रोतका अनुसार भैरहवाबाट फोन गर्ने नेपाली युवतीले भेटघाट र घुमघामको बहानामा उनलाई पोखरा बोलाइन् । उनी पनि युवती भेट्ने लालसाले आए । ती युवतीलाई परिचालन गरेका उनकै छिमेकी र मधेसी मुलका नेपालीले लेखनाथमा अशोक अधिकारीको घरमा डेरा लिइसकेका रहेछन् ।
मार्बलको काम गर्ने भनेर परिचय दिएका उनीहरुले पहिल्यै बैना पनि बुझाएका थिए । – अन्नपूर्ण पोस्टबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: