×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले नेता किरण गुरुङलाई बोकेर तनहुँ पुगेका युवाको अचम्मको निधन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमाले नेता किरण गुरुङलाई बोकेर तनहुँ पुगेका युवाको अचम्मको निधन

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – नेकपा (एमाले) तनहुँ–काठमाडौँ सम्पर्क मञ्चका सहसचिव केपी (कृष्णप्रसाद) भण्डारीको अचम्मले निधन भएको छ । आइतबार तनुहँमा हुने एक कार्यक्रममा भाग लिन एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री किरण गुरुङलाई बोकेर काठमाडौँबाट तनहुँ पुगेका भण्डारीको शनिवार राती निधन भएको थियो ।
शुक्लागण्डकी नगरपालिका–११ जाम्दीका स्थायी बासिन्दा भण्डारी काठमाडौँबाट भिमाद पुगेर क्याम्पस रोसडस्थित मामा घरमा नेता गुरुङसँगै बसेका थिए । कसैले नदेखे पनि घटना प्रकृति र पोस्टमार्टमको रिपोर्ट हेर्दा ३५ वर्षीय भण्डारीको राती बरन्डाबाट खसेर मृत्यु भएको अनुमान गरिएको छ ।
भिमाद गाविसस्थित राङरुङ युवा क्लवले हरितालितका तीजका अवसरमा आइतबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आफ्नै गाडीमा नेता गुरुङलाई बोकेर उनी काठमाडौंबाट शनिबार त्यहाँ पुगेका थिए ।
स्रोतका अनुसार, मामाघरमा राती राती १२ बजेसम्म खानपिन चलेको थियो । रमाइलो गरी सुत्नका लागि छुट्टिएका भण्डारीको शब विहान घर अगाडिको सडक किनारमा भेटिएको थियो । पोस्टमार्टम गर्दा उनको टाउकोमा गहिरो चोट लाग्नुका साथै खुट्टा भाँचिएको भेटिएको थियो । उनको शव माइक्रो बस र स्कुटरको बीचमा थियो । मर्निङ वाक गर्ने स्थानीयहरुले देखेर खबर गरेका थिए ।
राती आफूहरुसँगै खाना खाएर सुत्न गएका भाञ्जाको शव एक्कासि बिहान सडक किनारमा भेटिएको भण्डारीका मामा एवम् एमाले भिमाद गाउँ कमिटीका अध्यक्ष ध्रुव खनालले बताए ।
शब पोस्टमार्टमका लागि अस्पताल लगेपछि नेता गुरुङ पोखरातिर लागेका थिए । शवको आइतबार दमौली अस्पतालमा पोस्टमार्टम गरी अन्तिम सस्कार गरिएको छ ।
मृतक भण्डारी काठमाडौँमा पार्टी कामका साथै विभिन्न व्यवसायमा समेत संलग्न थिए । उनी सहकारी, स्विमङ पुल सञ्चालन र सेयर कारोवारमा समेत संलग्न रहेको आफन्तले बताएका छन् ।
  • पहिलो पोष्ट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: