×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी र हतियारधारीबीच काठमाडौँमै भिडन्त

LAXMI SUNRISE BANK

प्रहरी र हतियारधारीबीच काठमाडौँमै भिडन्त

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – काठमाडौँको  मातातीर्थमा प्रहरी र अज्ञात समूहबीच गोलीहानाहान भएको छ । गस्तीमा रहेको प्रहरी टोली र अज्ञात हतियारधारीबीच बिहीबार बिहान मातातीर्थको चिहान डाँडा भन्ने स्थानमा दोहोरो भिडन्त भएको हो ।
महानगरीप प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले गस्तीमा रहेको प्रहरी टोलीमाथि टाटासुमो गाडीमा सवार अज्ञात हतियारधारीले गोली चलाएपछि जवाफी कारबाही स्वरुप प्रहरीले पनि फायरिङ गरेको जानकारी दिए ।
मकवानपुर जान प्रयोग हुने कच्ची सडकमा टाटासुमो गुडेको देखेपछि शंका लागेर प्रहरीले पिछा गरेको र प्रहरी पिछा गर्दै आएको सुइँको पाएर ती व्यक्तिले गोली चलाएको कार्कीले बताए ।|
प्रहरीले गोली चलाएपछि आक्रमणकारी गाडी छाडेर भागेका छन् । घटनाबारे छानबिन थालिएको कार्कीले बताए । गाडीबाट प्रहरीले एउटा सेफ बरामद गरेको छ ।

सेफ लुटेर भाग्दै गर्दा घटना भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । सेफभित्र के छ भन्ने खोलेर हेरिने उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी