
काठमाडौँ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गम्भीर गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताएका छन् ।
उनले कुमार लामालाई बेलायतले थुनामुक्त गरेर आफ्नो गल्ति सच्चाएको बताउँदै भने, ‘आगामी दिनमा नेपाली सम्प्रभूता मिच्ने अपराध कसैले नगरोस् ।’ यसैबीच कर्णेल लामाले भट्टराईलाई टेलिफोन गरेर तत्कालिन भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गरेका छन् ।
महासेनानी लामालाई थुनामुक्त गर्नको लागि तत्कालीन भट्टराई नेतृत्वको सरकारले पहल सुरु गरेको थियो । लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले जानकारी दिए ।
साथै तत्कालीन सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो । विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत लामा (जनवरी २०१३) मा बेलायतमा पक्राउ परेका थिए । उनलाई माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थिए । आरोप पुष्टि नभएपछि कुमार लामालाई बेलायतले हिजो थुनामुक्त गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्