Skip to content
LAXMI SUNRISE BANK

जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होला?

अर्थ सरोकार


काठमाण्डाै – जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होला? कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको पाइएकाे छ । 
भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको तलब वृद्धभत्ता जति पनि नभएको  भन्दै दुःख व्यक्त गरे। ‘तलब रकमले कुमारीकै अपमान गरेजस्तो लाग्छ,’ तलेजुका मूल नाइके जोशीले भने,‘ बरू वृद्ध भत्ता मासिक दुई हजार छ।’काठमाडौं र ललितपुरका कुमारीको तलब भने भक्तपुरकी कुमारीको भन्दा बढी छ। २०४१ साल यता कुमारीलाई भत्ताको व्यवस्था गरिएको हो।

  • नागरिक दैनिक
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK