
काठमाडौँ – नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले अयोजना गरेको साक्षात्कारमा पण्डितले भने,‘संविधान ढुँगाको शिलालेखजस्तो होईन, तर संवैधानिक व्यवस्था अनुसार नै संशोधन हुन्छ, गैरसंवैधानिक बाटोबाट संविधान संशोधन हुन सक्दैन ।’
साक्षात्कारमा उनले विगतमा संविधानसभाको चुनाव हुन दिन्नौं भन्नेहरुपनि प्रशस्तै रहेको तर अहिले आएर तीनीहरु हराएको उल्लेख गर्दै भने,‘अहिले आएर संविधान समाप्त गर्छु भन्नेहरुपनि ठाउँठाउँमा छन्, यो संविधानले देशलाई विभाजित गर्ने होईन, एकिकृत गर्ने हो ।’ कतिपय मित्रहरुले मधेशलाई अलग राष्ट्र बनाई छोड्ने कुरा गरेको उल्लेख गर्दै पण्डितले भने,‘अलग राष्ट्र बनाउँछु भन्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दै छन् ।’ संविधान जारी गर्ने नेताहरुले खुट्टा कमाउने र नाँगै हिड्न थाले भोलि के हुन्छ भन्दै उनले प्रश्न गरे ।
पण्डितले छिमेकीले जे भन्यो त्यही नै जस्तातस्तै संशोधन गर्न नसिकने बताउँदै भने,‘उसले जे भन्यो र जस्तातस्तै गर्ने हो, आज छिमेकीले भन्दैछ कि मधेश शान्त चाहियो भनेर, अनि छिमेकीले भन्नेछ कि अलग मधेश, स्वतन्त्र मधेश, लटपटाउनेछ, भोलि भन्नेछ कि स्वतन्त्र मधेश नै मेरो मान्यता हो भन्यो र संविधान संशोधन गर्ने कुरा गरियो भने भोलि नेपालको सार्वभौमिकता के हुन्छ ?, स्वतन्त्रतातर्फ सोचौं, नेपाली भएर सोचौं ।’ उनले संविधान संशोधन गर्नै नुहने भन्ने पक्षमा एमाले नभएर तर अहिले वेला नभएको भन्ने आफूहरुको भनाई रहेको दाबी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्