
चितवन- शिक्षाको ज्योति छर्न स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयोभन्दा अचम्म मान्नुहोला तर पूर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ ।
चितवनको शिक्षित समाज बस्ने भनेर चिनिएको जिल्लासदरमुकाम भरतपुरको चौविसकोठीबाट करिब दुई किलोमिटर पश्चिम क्षेत्र लंकु धर्मचोकमा स्थापना भएको ‘ज्ञान ज्योति पुस्तकालय’ हार्डवेयर गोदाममा परिणत भएको हो ।
ज्ञानको ज्योति फैलाउने भनेर नाम राखिएको सो पुस्तकालयमा अहिले रड सिमेन्ट, घर निर्माणका लागि चाहिने डोरी तथा अन्य सामग्री राखिएको छ । सँगै जोडिएको धर्मचोक हार्डवेयरले यहाँ सामान राख्ने गोदाम बनाएको हो ।
“पुस्तकालय नचलेकाले जीर्ण भयो, चुहिने भएकाले आफूले ट्रष्ट हालेर सदुपयोग गरी गोदाम बनाएको हार्डवेयरका सञ्चालक भीम खरेल बताउछन् । तीन कोठामध्ये पहिलोमा सिमेन्ट, दोस्रोमा डोरीलगायतका अन्य सामग्री र तेस्रोमा पुस्तकालयका जीर्ण दुई वटा दराज र फर्निचर तथा अन्य हार्डवेयरका केही सामग्री छन् । केही सामग्री निकालिएको छ । प्यासेज र आँगन तथा सिँढी रडले भरिएको छ ।
नवज्योति युवा क्लबले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट १२ धुर जग्गामा सो पुस्तकालय भवन निर्माण गरिएको थियो ।
ज्ञानज्योति पुस्तकालयका उपाध्यक्ष उपेन्द्र सापकोटाका अनुसार २०३८ सालमा बनेको सो पुस्तकालय २०६३ सालसम्म पनि चलेकै थियो । अनि पुस्तकालयको बेहाल भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्