×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शब्दले फैलाएको भ्रम- नेपाल सरकार कि मधेस सरकार ?

GLOBAL IME BANK

शब्दले फैलाएको भ्रम- नेपाल सरकार कि मधेस सरकार ?

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


कपिलवस्तु – भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हँुदै नेपालको कृष्णनगर प्रवेश गरे ।
उनी नेपाल प्रवेश गर्दा अचम्मित परे किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको थियो भने आज ‘मधेस सरकार आपका स्वागत करता है’ हेर्दा तिवारी छक्क परे ।
उनले मधेस सरकार लेखिएको देख्दा म कुन देश आएँ भन्दै यताउता सोध्न थाले । यो त प्रतिनिधि घटना मात्र हो । आजभोलि दैनिकजसो कृष्णनगर नाका हँुदै नेपाल भित्रने अधिकांश भारतीय नागरिक अलमल्ल पर्ने गरेको कृष्णनगरका हरिबोल गुप्ताले बताए ।
गत वर्ष साउनदेखि चर्किएको मधेस अन्दोलनमा मधेसी दलका माग र नाराले अहिले भ्रम फैलिएको छ । कपिलवस्तुका प्रायः सबै सरकारी निकाय, चोक, चौराहामा मधेस सरकार र मधेसी दलका माग लेखिएको देख्न पाइन्छ ।
आन्दोलनका क्रममा मधेसी दलका नेता तथा कार्यकर्ताले नेपाल सरकार लेखिएको ठाउँमा मधेस सरकार लेखेका थिए । कपिलवस्तुमा रहेका गाविस भवन, स्वास्थ्यचौकी, अस्पताल, विद्यालय, विद्युत् प्राधिकरण, टेलिकमलगायत सङ्घसंस्थाका कार्यालय, चोकमा मधेस सरकार लेखिएको छ । मधेस सरकार लामो समयदेखि लेखिएकाले सेवा लिन आउने सेवाग्राहीसमेत साँच्चै नै मधेस सरकार भयो कि रु भन्दै कार्यालय प्रमुखसँग प्रश्न गर्ने गरेको कर्मचारी बताउँछन् ।
मधेस सरकार लेखिँदा कपिलवस्तुका बालबालिकामा समेत नकारात्मक असर पर्दै गएको छ । विभिन्न ठाउँमा लेखिएको ‘मधेस सरकार’ शब्दले गर्दा बालबालिकाले यो नेपाल सरकार हो कि मधेस सरकार भन्दै भ्रममा पर्नेगरेका छन् ।
आन्दोलनका क्रममा विभिन्न किसिमका प्रचार सामग्रीले गर्दा तराईमा नकारात्मक टीकाटिप्पणी हुन थालेका छन् । केही हप्ता पहिले सरकार र मधेसी मोर्चाबीच मधेसका समस्या समाधानका लागि तीनबँुदे सहमति भयो । तर अन्दोलनका क्रममा लेखिएका ‘मधेस सरकार’ लेखिएका होर्डिङ बोर्ड हटाउनेतर्फ कसैको ध्यान पुगेको छैन ।
  • दियो पोष्ट 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: