×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विखण्डनवादी नारा मेटाउने काम हाम्रो होइन–एसएसपी, ‘तत्काल मेटाइन्छ’– प्रजिअ

LAXMI SUNRISE BANK

विखण्डनवादी नारा मेटाउने काम हाम्रो होइन–एसएसपी, ‘तत्काल मेटाइन्छ’– प्रजिअ

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


रुपन्देही – रुपन्देहीका प्रहरी प्रमुख एसएसपी बुद्धिराज गुरुङले सरकारी कार्यालय र सार्वजनिक स्थलमा लेखिएका विखण्डनवादी नारा हटाउँने जिम्मेवारी प्रहरी नभएको बताएका छन् । मधेस सरकारका नाममा लेखिएका होर्डिङ बोर्ड महिनौंसम्म किन हटाइएन भन्ने प्रश्नमा गुरुङले पुलिसको जिम्मेवारीमा नपर्ने भएकाले नहटाइएको भन्ने जवाफ दिए । कुराकानीमा एसएसपी गुरुङले पुलिसले शान्ति सुरक्षा सन्दर्भमात्र जान्ने जनाए । प्रहरी पोष्टमा लेखिएको मधेश सरकार मेटाउँन अरु नै आउनुपर्ने हो भन्ने प्रश्नको जवाफमा एएसपी गुरुङले भने, ‘जसले लेखेको हो उसैले मेटाउनुपर्ने ।’
तराईका जिल्लाका सरकारी कार्यालय र सार्वजनिक स्थलमा विखण्डनवादी नारा छ्याप्छ्याप्ती लेखिएको छ । यसैबारेमा नेपाल आजले खोजमूलक समाग्री प्रकासित गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले समाचारका कारण आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै उनले होर्डिङ बोर्ड हटाउँने र पेन्टिङ मेटाउँने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सरकारी कार्यालयमा लेखिएका त्यस्ता नारा हटाइसकेका छौँ । बचेखुचेका र अन्य सार्वजनिक स्थलमा लेखिएका नारा तत्काल हटाउँछौँ ।’

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी इन्दु अधिकारीले आफ्नो जिल्लाभित्रमा लेखाइएका त्यस्ता नारा तत्काल हटाउँन लगाउने बताइन् । कपिलवस्तुका डिएसपी प्रल्हाद कार्कीले नेपालको अखण्डताका बिरुद्धमा जाने छुट कसैलाई नदिइने स्पष्ट गरे ।

कस्ले के भने ?
बुद्धिराज गुरुङ, एसएसपी, रुपन्देही
मधेसी दलहरुले आन्दोलनको क्रममा के के लेखे, त्यो उनीहरु आफैंले मेटाउनु पर्ने हो । जसले फोहोर गर्छ, सफा गर्ने जिम्मा पनि उसैको हो । बिरोध गर्न पाउनु स्वभाविक हो, तर त्यसले अरुलाई असर गर्नु हुदैन । कुनै ठाऊँमा केही लेखिएको भए मेटाउने जिम्मा समबन्धित गाविस तथा नगरपालिकाको हो । पुलिसको जिम्मा शान्ति सुरक्षा कायम राख्नु हो , होडिङ बोर्ड हटाउँदै हिड्ने होईन । देशकै लागि राजनीति गर्छु भन्नेले नै लेखेका हुन, त्यसको दायित्व त उनीहरुको हो ।
विष्णु प्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी, रुपन्देही
हामीले सरकारी कार्यलयको नाम भएको ठाउमा मधेस सरकार लेखेको भर्खर मात्र हटाईसकेका छौँ । यती ढिलो हटाउनुको कारण भनेको  फेरि उनीहरुले आएर मधेस सरकार लेख्छन् भनेर हो । अझै पनि सडक पुल पुलेसोमा मधेस सरकार लेखेको बोर्डहरु छ  । त्यो विस्तारै हटाउँदै जाने हो । उनीहरुले लेख्न नपाइ हटायौँ भने, झडप हुँने स्थिति आउँछ । हरेक परिवर्तन विस्तारै हुन्छ । उनीहरुले लेख्दैमा नेपाल सरकार मधेस सरकार हुँने होइन । नेपाल सरकार नेपाल सरकार नै रहन्छ । नेपाल सरकारको जे नियम कानुन छ, त्यही अनुसार कार्यलय तथा प्रसाशनहरु छन् ।
ईन्दु घिमिरे, कपिलवस्तु, प्रमुख जिल्ला अधिकारी
मधेस सरकार लेखेको विषयमा हाम्रो ध्यानार्कषण भएको छ । यो कसले हटाउने, हटाउन कसले पहल गर्ने भन्दा पनि जहाँ जसको कार्यलयमा लेखेको त्यसले हटाउने हो । हामीले मुख्य मुख्य ठाऊँमा हटाउन पहल गर्छौँ । यो भन्दा अघि किन हटाइएन ? मैले यसै भन्न सकिनँ । जानकारी नभएर हो, या चासो नदिएर हो त्यो थाहा भएन । यसमा कसैको ध्यान नै पुगेन, कसैले आफ्नो कर्तव्य ठानेन त्यसैले हटेन । अब हाम्रो ध्यानाकर्षण भएको छ, हामी हटाउछौं । यो हटाउन आ–आफ्नो ठाऊँबाट सबैले पहल गर्नुपर्छ ।
प्रल्हद कार्की, डिएसपी, कपिलवस्तु
सार्वजानिक ठाउमा त्यस्तो बोर्ड राख्न पाईदैन । देशमा एउटै मात्र सरकार छ नेपाल सरकार, यसमा कसैको दुईमत छैन । मानसिक विचलन र दरिद्र मनस्थितिका मान्छेहरुले लेख्दै हिडे भन्दैमा मदेश सरकार भनेर भ्रम पर्नु हुदैन । विखन्डनवादीहरुले जे पनि भन्छन् ,जे पनि लेख्छन् । जसले जे भने पनि जे लेखे पनि नेपाल नेपाल नै रहन्छ ।
त्यो बोर्ड हटाउन हामीले पहल गरिरहेका छौं । जे जति ठाऊँमा छ अब हटाउछौँ । हामीलाई त्यो बोर्ड नहटा भनेर दबाब दिन कसैले सक्दैन । हामी सबै बोर्डहरु हटाउन सक्छौ । आन्दोलनको क्रममा विरोधस्वरुप लेखेका थिए । आन्दोलनकारीहरुले हटाएनन् । अब हामी मधेस सरकार लेखिएको मेटाउँछौँ र नेपाल सरकार बनाउछौँ । उनीहरुले लेख्दैमा केही हुँने होइन ।

  •  सागर बुढाथोकी / नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी