×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मदिरा बेच्न आचारसंहिता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मदिरा बेच्न आचारसंहिता

Artha Sarokar

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकामा मदिरा आचारसंहिता जारी गरिएको छ । नगरपालिका, इलाका प्रहरी कार्यालय, झलारी र बेदकोट उद्योग वाणिज्य संघको सहकार्यमा निर्माण गरिएको आचारसंहिता जारी गरिएको हो ।
आचारसंहितामा दिउँसो ३ देखि राति ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको छ । किराना र खुद्रा पसलमा मदिराको कारोबार गर्न नपाइने, खाना खुवाउने कक्षमा मदिरा राख्न नपाइने, पसलमा मदिरा सजाएर राख्न नपाइने, मदिराको अवैध कारोबार गर्ने र मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई राजनीतिक हस्तक्षेप गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
बरामद मदिराको कुल मूल्यको ५० प्रतिशत रकम स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने र चुरे क्षेत्रमा मदिरा बेचबिखन गर्नका लागि इजाजत दिन नहुने आचारसंहितामा उल्लेख गरिएको छ ।  मदिराका कारण बजार क्षेत्रमा चोरी, झैझगडालगायत कार्यमा बढोत्तरी हुन थालेपछि मदिरा आचारसंहिता जारी गरिएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी