
कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकामा मदिरा आचारसंहिता जारी गरिएको छ । नगरपालिका, इलाका प्रहरी कार्यालय, झलारी र बेदकोट उद्योग वाणिज्य संघको सहकार्यमा निर्माण गरिएको आचारसंहिता जारी गरिएको हो ।
आचारसंहितामा दिउँसो ३ देखि राति ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको छ । किराना र खुद्रा पसलमा मदिराको कारोबार गर्न नपाइने, खाना खुवाउने कक्षमा मदिरा राख्न नपाइने, पसलमा मदिरा सजाएर राख्न नपाइने, मदिराको अवैध कारोबार गर्ने र मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई राजनीतिक हस्तक्षेप गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
बरामद मदिराको कुल मूल्यको ५० प्रतिशत रकम स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने र चुरे क्षेत्रमा मदिरा बेचबिखन गर्नका लागि इजाजत दिन नहुने आचारसंहितामा उल्लेख गरिएको छ । मदिराका कारण बजार क्षेत्रमा चोरी, झैझगडालगायत कार्यमा बढोत्तरी हुन थालेपछि मदिरा आचारसंहिता जारी गरिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्