×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाँलक्ष्मी विकास बैंकमा भाडभैलो !

LAXMI SUNRISE BANK

महाँलक्ष्मी विकास बैंकमा भाडभैलो !

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – महालक्ष्मी फाइनान्स कम्पनी लिमिटेड, सिद्धार्थ फाइनान्स कम्पनी लिमिटेड र मालिका विकास बैंक वीच हालै मर्ज भई बनेको महालक्ष्मी विकास बैंकभित्र भाडाभैलो शुरु भएको छ । महालक्ष्मी फाइनान्स कम्पनीका सिइओ रमेश भट्टराई विकास बैंकको सिइओ भएका छन् । तर अरु उच्च कर्मचारीलाई उचित ठाउँमा नदिएको मालिका विकास बैंक र सिद्धार्थ फाइनान्सवाट आएका कर्मचारीहरुलाई राम्रो पद र ठाउँ नदिएको भन्दै ती अधिकृतहरुकै आग्रहमा तल्लो स्तरका कर्मचारीहरुले बैंकभित्रै युनियन गठन गर्ने तयारी गरेको एक कर्मचारीले बताए ।
तीनवटा संस्थाका उच्च कर्मचारीहरुको पद मिलान नभएपछि बैंकमै विद्रोह हुने संकेत देखिएको छ । सिइओ रमेश भट्टराईको हटकै कारण मर्जरबाट बनेको महालक्ष्मी विकास बैंकमा पहिलो गाँस ढुङ्गा फेला परेको हो । २ लाख भन्दा बढी ग्राहक संख्या भएको बैंक, हामी ठूलो होइन राम्रो बैंक बन्न चाहान्छौं । नारा दिएर एकता भएका यि तीन संस्थाका कर्मचारीकै कारण बैंक तहसनहस हुने भए पछि सिइओ भट्टराईलाई थाम्नै गाह्रो भएको भेटिएको छ ।
मान्छेलाई मान्छे नै नगन्ने प्रवृतिका सिइओ भट्टराई आफू बैंकर संघका अध्यक्ष उपेन्द्र पौडेलसँगै पढेको र पुरानो बैंकर भएको धक्कु दिदै हिड्ने गरेको एक कर्मचारीले बताए । मर्जर सभामा डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष कृष्णराज लामिछालाई निम्तो नदिई नेपाल बैंकर संघका अध्यक्ष पौडेललाई बोलाउनुले के प्रष्ट हुन्छ भने सिइओ भट्टराई आफूवाहेक अरुलाई मान्छेनै गन्दैनन् । राजतिलक साप्ताहिकमा खबर छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी