×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महन्थले धन रोज्दा तमलोपामा भाँडभैलो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महन्थले धन रोज्दा तमलोपामा भाँडभैलो !

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर मूल्य, निष्ठा र इमानको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् । मधेसका मसिहा ठान्ने केही नेताहरु सत्ता राजनीतिका कारण बदनाम बनिरहे पनि महन्थ बदनामीका अनेक बाछिटाबाट जोगिँदै आइरहेका छन् । तर, पार्टीबाहिर त्यागी नेताको छवि बनाएका यिनै ठाकुरमाथि पछिल्लो समय राप्रपा नेपालका अध्यक्ष कमल थापाको पद्चाप पछ्याउँदै पैसाको प्रलोभनमा पद बाँडफाँड गरेको आरोप लागेको छ । 
केही दिनअघि पार्टी प्रवक्ता चयनमा महन्थले क्षमता, योग्यता र त्यागभन्दा पनि पैसा हेरेको भन्दै कैयन नेता तथा कार्यकर्ताले असन्तुष्टि पोख्न थालेका छन् । तमलोपाले केही दिनअघि विमल श्रीवास्तवलाई तमलोपा पार्टी प्रवक्ताको जिम्मेवारी तोकेको थियो । मिडिया नबुझेका, धुमिल छवि भएका र पार्टीमा पैसाबाहेक लगानीको नाममा ‘ल’ पनि नगरेका श्रीवास्तवलाई पार्टीमा प्रवक्ताका लागि योग्यतम् कैयन उम्मेदवार हुँदाहुँदै जिम्मेवारी दिएको आरोप छ । 
तमलोपाको पहिलो महाधिवेशन र त्यसअघिका गाह्रा–साह्राहरुमा राम्रै आर्थिक सहयोग गरेकाले ठाकुरले पैसासँग प्रवक्ता पद साटेको चर्चा तमलोपा पार्टी कार्यालय वरपरको चिया पसलमा समेत हुने गरेको छ । पार्टीका साथै मधेसविट हेर्ने पत्रकारहरुले समेत उनको लोकप्रियतामाथि धज्जी उडाउँदै हिजोआज टिप्पणी गर्न थालेका छन् – होइन, यी श्रीवास्तव भन्ने मान्छेलाई तमलोपाले कुन ग्रहबाट टिपेर प्रवक्ता बनाएछ, फेसबुक र गुगलमा त कतै पनि भेटिँदैनन् त ?’ विशेष गरेर तमलोपाका दोस्रो तहका युवा नेताहरु ठाकुरको यो निर्णयबाट जोगी देखेर भैंसी तर्सिएझै तर्सिन पुगेका छन् । 
स्रोतका अनुसार, ठाकुरको यस्तो हर्कत अधिकांश नेता कार्यकर्ताले नरुचाए पनि उनीहरुले खुलेआम यसको विरोध भने गर्न सकेका छैनन् । तमलोपामा सुरेन्दर झा, सुरेश मण्डल, दीपेन्द्र सिंह, राजेन्द्र साहलगायत दर्जन बढी नेता प्रवक्ताको आकांक्षी थिए । यी नेताहरु प्रवक्तामा पार्टी अध्यक्षले मनपरी गरेपछि ‘हामरा अध्यक्षलाई कमल थापाको रोग सरिछी’ भन्दै खासखुस आपसमा गुनासो गर्ने गरेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: