Skip to content
LAXMI SUNRISE BANK

महतोले प्रधानमन्त्रीलाई बुझाए भारत भ्रमणको क्रममा सामेल गर्न एजेण्डाको सुची

अर्थ सरोकार


काठमाडौँ – नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डाको विषयमा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा महतोले नेपाल–भारतबीच चिसिएको राजनीतिक र कुटनीतिक सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका मधेशी युवाहरुको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’ समावेश गर्न, तराई–मधेश हुलाकी राजमार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल, पूर्व पश्चिम रेलमार्ग लगायतका राष्ट्रिय महत्वका योजनाहरु कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
भेटमा प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै सरकारले जनता र राष्ट्रको हितमा दिने सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने पक्षमा रहेको बताउँदै दुई देशीय हित र सम्बन्धमा आफ्नो भ्रमण केन्द्रित रहने जानकारी गराए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK