
काठमाडौँ – नापी कार्यालय मनमैजुका सर्भेक्षकद्वय हरि तिवारी र रामप्रमोद महासेठ ०७२ मंसिरमा ७५ हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ परे । साथै, ०७३ साउनमा अर्का सर्भेक्षक कमलबहादुर खत्री पनि ३० हजार घुस लिएको अभियोगमा निलम्बनमा परे । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोे छ । मुद्दा दायर भएपछि निलम्बनमा परेका उनीहरु अहिले पनि नापी कार्यालय मनमैजुमा सरकारी सार्वजनिक जग्गा दर्ता गर्ने कार्यमा संलग्न रहने गरेको पाइएको छ ।
नापी कार्यालय मनमैजुका सर्भेक्षक राजकुमार महतोलाई प्रयोग गर्दै उनीहरु नमिलेका फाइल मिलाउने, सरकारी सार्वजनिक जग्गाका फाइल र कित्ता लोप गराउने कार्यमा सरिक हुने गरेको बताइन्छ । सर्भेक्षक महतोका विरुद्ध पनि अख्तियारमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा कारबाहीका लागि उजुरी परेको छ । ६ नम्बर नापी गोश्वारामा ५ वर्ष कार्यरत महतोले काठमाडौं उपत्यकाका थुप्रै सरकारी सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा नापेको आरोप लागेको थियो ।
सूत्रका अनुसार, महतो ६ नम्बर गोश्वाराबाट बढुवा हुनका लागि नापी विभागमा गएका थिए । बढुवा भएपछि २ वर्ष विभागमा बस्नुपर्नेमा उनी २ महिनामै कमाइका हिसाबले सर्वाधिक आकर्षक मानिने डिल्लीबजार नापी कार्यालयमा सरुवा भए । डिल्लीबजारमा १ वर्ष बसेपछि महतो पुनः मनमैजु नापी कार्यालयमा सरुवा भएका हुन् । मनमैजुमा पनि सरकारी सार्वजनिक जग्गा नापनक्सा गर्ने, बाटोघाटो, कित्ता लोप गर्दै घुस असुली गर्दै आएका छन् । मनमैजुमा सेवाग्राहीका नियमानुसारका कुनै पनि काम नगर्ने, बिचौलिया लेखनदासमार्फत् घुस पाएपछि मात्र काम गर्ने गरेको गुनासो व्यापक रुपमा आए पनि कार्यालय प्रमुखले उनलाई कारबाही गर्न सकेका छैनन् ।
सेवाग्राही र लेखापढी व्यवसायीलाई उनले सिधै मैले नापी विभागका महानिर्देशकलाई घुस दिनुपर्छ भन्दै घुस माग्ने गरेको बताइन्छ । एक लेखापढी व्यवसायीका अनुसार महतोले हाकाहाकी महानिर्देशकसँग मेरो सिधा सम्बन्ध छ, उनलाई सहयोग गर्नुपर्छ, उनी र उनका मानिसलाई दारुपानी खुवाउनुपर्छ भन्दै घुस माग्ने गरेका छन् । महतोले जग्गा बढी भए पनि घुस, कम भए पनि घुस मागेर हैरान पार्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् ।
६ नम्बर नापी गोश्वारादेखि मनमैजु नापी कार्यालयसम्म सरकारी सार्वजनिक जग्गा दर्ता गरी दर्जाले नासुस्तरका कर्मचारी महतोले आर्जन गरेको सम्पत्तिको छानबिन गर्ने हो भने धनुषा जिल्ला विकास समितिका लेखापाल जीवनाथ चौधरीकै हाराहारीमा फेला पर्ने उनलाई चिन्नेहरु बताउँछन् । लेखापाल चौधरीको अरबभन्दा बढी सम्पत्ति अख्तियारले छानविनको क्रममा फेला पारेको थियो ।
विशेष अदालतमा मुद्दा चलेपछि निलम्बनमा परे पनि सर्भेक्षक तिवारी र खत्रीले नापी विभागअन्तर्गतका सरुवामा टेड युनियनको नेताकै रुपमा दबाब दिने गरेका छन् । निलम्बनमा परे पनि उनीहरु नापी कार्यालयका टेड युनियन गतिविधिमा सक्रिय हुने गरेका छन् । नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघका हरि तिवारी र बाबुराम भट्टराईको नयाँ शक्ति निकट कर्मचारी संगठनको नेताको रुपमा नापीको सरुवामा मोलमोलाइ गर्न उनीहरु तल्लिन रहेको बताइन्छ ।
सर्भेक्षक महतोले आफ्नो नाममा छानबिन हुने भएकाले मनमैजुमा ८ आना जग्गा कृष्ण गिरीको नाममा किनेर राखेको बताइन्छ । त्यतिमात्र होइन, उनले भ्रष्टाचार गरेको रकमले काठमाडौं उपत्यकाका थुप्रै ठाउँमा जग्गा खरिद गरेको बताइन्छ । जग्गा जमिन किनेर अर्काको नाममा राख्दा पनि सुरक्षित नहुने देखेपछि पछिल्ला दिनमा सुन किन्दै घरमा राख्न थालेको स्रोतको दाबी छ । पछिल्लो समयमा उनले धनुषाका युवाहरुलाई वैदेशिक रोजगारीमा जानका लागि ४० देखि ५० प्रतिशतसम्म मिटर ब्याजमा रकम दिने धन्दा पनि सुरु गरेको बताइन्छ ।
पछिल्लो समयमा महतोले गृहजिल्ला धनुषाका युवाहरुलाई वैदेशिक रोजगारीमा जानका लागि ४० देखि ५० प्रतिशतसम्म मिटर ब्याजमा रकम दिने धन्दा पनि सुरु गरेको बताइन्छ ।
- पहिलो न्युज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्