
काठमाडौँ – ‘तैले मलाइ पनि सिद्धाउने भइस,पार्टी पनि बाँकी नराख्ने भइस’ आफ्नै पार्टीका महासचिवलाई अध्यक्षले नै यसरी गाली गरे । लाखेचौर स्थित पार्टी कार्यलयमा यस्तै आमचकारी गाली गरेका हुन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले र उनीबाट गाली भेट्ने महासचिवलाई हुन मनिष सुमन ।
पत्रकार महासंघ राजविराज,सप्तरीको भवन सदभावना पार्टीले कव्जा गरेसँगै यो विषय राष्टिय चासोको विषय बन्न पुग्यो । मनिष सोही जिल्लाबासी हुन । जिल्लाको समस्या सल्टाउनका लागि महतोले सुमनलाई जिम्मा दिएका थिए तर महिना दिन बित्दा समेत पत्रकार महासंघको कार्यलयबाट पार्टी कार्यलय हटाउन नसकेपछाडि राजेन्द्र महत्तोले सुमनलाई पार्टी कार्यलयमा लाखेचौरमा अन्य पदाधिकारीहरुका अगाडि हकारेका हुन ।
खासमा भएको चाहिँ के रहेछ भने, त्यहाँका सभापति प्रकाश खतिवडा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रहेको बखत कार्यबहाक सभापति व्रह्मदेव यादवसँग सम्र्पक गरी खाली रहेको एउटा कोठा भाडामा लियो सदभावना पार्टीले । धरौटी पन्ध्र हजार र मासिक तीन हजार भाडा तिर्ने गरी कार्यबहाक सभापतिसँग सम्झौता गरिएको रहेछ ।महासंघको भवन पार्टीलाई भाडामा दिने सम्बन्धमा न त कुनै छलफल, न त कतै माइन्युट । नक्कली कीर्ते कागज खडा गरी पार्टीलाई भवन भाडामा दिए पछाडि विवाद चर्किनु स्वभाविक थियो । त्यस माथि उक्त भवन निर्माणका लागि रगत,पसिना प्रकाशहरुले नै बगाएका थिए । प्रकाशहरुलाई यो कुरा मन परेन । महासंघको सभापति/अध्यक्ष म छु । तर महासंघ अरुनै कसैले पर्दापछाडि बाट चलाउछ त्यो कसरी सहन सकिन्छ ?प्रकाशले भने ।
यो बीचमा पटक पटक मनिष र प्रकाशको टेलिफोन सम्र्पक भयो । ‘हुन्छ सर गरिहाल्छु/हटाइहाल्छु’भनेको महिना दिन बित्दा समेत मनिषले उक्त पार्टी कार्यलय हटाउन पहल नगरे पछाडि राजविराज महासंघले राष्टियस्तरको पत्रिकामै सूचना प्रकाशन गर्यो । उक्त सूचनामा राजेन्द्र महत्तोको आँखा परेसगै उनले मनिषलाई विवाद सल्टाउन निर्देशन दिए तर महिना दिनसम्म पनि पार्टी कार्यलय महासंघबाट हट्न अटेर गर्यो । र,पत्रकार महासंघको केन्द्रले नै सदभावना पार्टीले पत्रकार महासंघ राजविराजको भवन कव्जा जमाएको विषयमा ध्यानाकर्षण भएको सूचना निकाल्यो । महिनादिनसम्म पनि विवाद नसल्टाएको र पार्टी महासचिव मनिष सुमनकै निर्देशनमा राजविराज पत्रकार महासंघको भवन कव्जा गरिएको र पत्रकारहरुलाई नचिढ्याउन अध्यक्ष राजेन्द्र महतोले सप्तरी जिल्लाबासी तथा पार्टीका महासचिव मनिष सुमनलाई निर्देशन दिएको भए पनि सुमनले महिनौ दिन बित्दा समेत विवाद सल्टाउन नसके पछाडि महत्तोले सुमनलाई आमचकारी गाली गरेको सदभावना पार्टी स्रोतले बताएको छ ।
यो सँगै अर्काे एउटा गभ्भीर प्रश्न पनि उब्जेको छ मधेशमा आन्दोलन पछाडि पहाडे समुदायले नेतृत्व गरेको संस्था कब्जा गर्ने रणनीति नै बनाएका हुन मधेशका नेताहरुले ? होइन भने अन्यन्त्र भाडामा भवन नै नपाउनेझै गरी बोलीमा चिप्लो घस्न सिपालु मनिष पत्रकार महासंघको भवनमा किन कव्जा जमाउन खोज्दैछन ?
यही प्रकरण पछाडि महत्तोकै पार्टीका एक नेता मनिषप्रति खिसिउटिउरी गर्दै भन्छन ‘पार्टीको केन्द्रीय सचिव त भन्नु नाम मात्र हो । यीनको जनाधार यति कमजोर छ कि,गाविस सचिवमा उठे भने पनि जित्दैनन । श्रीमतीलाई जागिर लगाउनका लागि मात्र पार्टीका लाइसेन्स लिएका हुन यिनले ।’ मनिषको श्रीमती आयल निगमको जागिरेछिन । उनले महत्तो आपूर्तीमन्त्री भएको समयमा श्रीमतीलाई त्यहाँ हुलेका थिए ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्