
काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन ३१ गतेसम्म हुनेछ ।
महाधिवेशनको तयारीस्वरुप सबै जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भई महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी अध्यक्ष डा डीला सङ्ग्रौलाले जानकारी दिइन् । महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ ।
महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधिलाई खान बस्नको उचित व्यवस्थापन भइसकेको र निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने अध्यक्ष सङ्ग्रौलाले बताइन्। त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी आएका छन् ।
सङ्घको अध्यक्ष पदका लागि उमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । २००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।
स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुन् भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा अधिकारी, अम्बिका बस्नेत र हाल डा डीला सङ्ग्रौला सङ्घको अध्यक्ष छिन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्