×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च माध्यमिक शिक्षा परिषद्मा जागिर दिंदा गरियो यतिसम्मको मनपरी ! (हेर्नुहोस् प्रमाण)

GLOBAL IME BANK

उच्च माध्यमिक शिक्षा परिषद्मा जागिर दिंदा गरियो यतिसम्मको मनपरी ! (हेर्नुहोस् प्रमाण)

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – उच्च माध्यमिक शिक्षा परिषद्मा जागिर दिने बेला मनपरी हुने गरेको खुलासा भएको छ । परिषदमा प्रशासन प्रमुख रहेका दुर्गा प्रसाद अर्यालले आर्थिक लाभ लिएर तीन महिने करारमा नियुक्त भएका लेखा सहायकलाई एउटै मितिमा दुई खालको नियुक्ति दिएको खुलेको छ । परिषद्को सिरहा कार्यालय लाहानमा रिक्त लेखा सहायक पदमा मासिक ज्यालादारीमा राम उदगार यादवलाई परिषद्ले २०७३ वैशाखमा तीन महिने नियुक्ति दिएको थियो ।

तर पछी प्रशासन प्रमुख अर्यालले सोही निर्णयको हवाला दिँदै यादवलाई दश महिनाको नियुक्ति पत्र दिएको तथ्य खुलेको छ । सामान्यतया मासिक ज्यालादारीमा नियुक्ति गर्दा तीन महिनाभन्दा बढी समयको नियुक्ति पत्र एकैपटक दिन मिल्दैन । तर नियुक्तिपत्रमा त्यस्तो गर्नु हुँदैन । बाँकी माथि तस्विरमा हेर्नुहोस् ।  
सरकारी जागिर दिंदा कतिसम्म लापरवाही हुन्छ भन्नेको उदाहरण यत्तिसम्म छ कि, २०७३ जेठ २७ गते दिइएको शुरु नियुक्तिको तीन महिना सोही महिनाको मसान्तसम्मका लागी भनिएको छ । फेरी सोही मिति (२०७२–२–२७) मा जारी गरिएको अर्को नियुक्तिपत्रमा उनलाई दश महिनासम्म काम गर्न भनिएको छ । पत्र संख्या र चलानी नम्बर भने दुवै नियुक्ति पत्रको समान छन् । एउटै पत्रसंख्या (०७२/७३) तथा एउटै चलानी नम्बर (३३६८) उल्लेखित उच्च माध्यमिक शिक्षा परिषद् प्रशासन महाशाखाको नियुक्ति पत्र दश स्थानमा बोधार्थ पठाइएको छ ।
सकुन्तलाले पनि पाइन्, एउटै मितिमा दुईओटा नियुक्तिपत्र !
परिषदमा प्रशासन सहायक पदमा २०७३ असार १ गते ज्यालादारीमा नियुक्त भएकी सकुन्तला बरालले सोही मितिमा अर्को ६ महिने नियुक्ति पाएकी छिन ।  जुन सरासर नियम विपरित छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: