Skip to content
LAXMI SUNRISE BANK

मन्त्री माग्दै वालुवाटारमा ‘मुसा’हरुको दैनिक धर्नाले प्रचण्ड तनावमा

अर्थ सरोकार

सरकार गठन भएको एक महिना पुरा हुँदा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डललाई अझै पूर्णता दिन सकेका छैनन् । सरकार गठन भएको तीन सातापछि कांग्रेसले मन्त्री छनोट गरेर चौथौ पटक मन्त्रीमण्डल विस्तार गरेपनि अझै चार मन्त्रालय खाली नै रहेको छ । खाली रहेको मन्त्रीलय प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।
महिला बालबालिका तथा समाजकल्याण, विज्ञान तथा प्रविधि, पशुपंक्षी र खानेपानी तथा सरसफाइ मन्त्रालय बाँकी छ । कांग्रेसले १५ मन्त्राल लिइसकेको छ । माओवादी केन्द्रले आठ मन्त्रालय लिएको छ । राप्रपाले २ र नेकपा सयुक्तले १ मन्त्रालय गरी २६ मन्त्री भइसकेका छन् भने बाँकी चार मन्त्रालय प्रचण्डले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र साना दलको लागि छुटयाएर राखेका छन् ।
गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सहभागी नहुने भएपछि मन्त्री बन्नको लागि प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना सुरु भएको छ । एक महिनाको अवधिमा दैनिकजसो सांसदद्धय प्रेमबहादुर सिंह र बिश्वेन्द पासवान जाने गरेकाले वालुवाटारमा प्रचण्ड दिक्क भएका छन् ।
बालुवाटार स्रोतका अनुसार दिनहुँजसो प्रधानमन्त्रीलाई भेट्न भन्दै बालुवाटार पुग्ने नेताहरु विश्वेन्द्र पासवान, एकनाथ ढकाल, प्रेमबहादुर सिंह र हरिचरण साह हुन् । नयाँ सरकारमा मन्त्री हुनको लागि उनीहरुले दौडधूप थालेको महिना दिन पुग्न लागिसक्यो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अझै उनीहरुलाई मन्त्री नियुक्त गर्नुभएको छैन । आश्वासन चाहिँ दिइरहनुभएको छ । पहिले प्रचण्डकै आश्वासन पाएर उनीहरुले अन्तिम अवस्थामा ओली सरकार छाडेका थिए ।
यस पटक साना दललाई सरकारमा सहभागी नगराउने बारेमा पनि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ । न सरकार ढाल्दा काम दिने न सरकार गठन गर्दा निर्णायक हुने भन्दै दुवै नेताले सहमतिमा साना एक सिटे दललाई मन्त्री नबनाउने निष्कर्ष निकालेका हुन् ।
सिंह र पासवान भने ओली नेतृत्वको सरकारमा सम्हालेको मन्त्रालय पाउनको लागि रातदिन नभनी वालुवाटार धाउन गरेका छन् । ‘दिनहुँ सिंह र पासवान वालुवाटार आएर घन्टौ कुर्नुहुन्छ’, प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘प्रचण्डको समय हुँदैन, ढोकाबाट चिहाएर पनि चित्त बुझाएर जाने गरेका छन् ।’ चौथो पटक पनि मन्त्री छनोटमा नपरेपछि सिंह र पासवानले वालुवाटारमा धर्ना नै कसेका छन् । – एस काठमाडौँबाट 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK