
काठमाडौ – “मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन”, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम)कार्कीको यो गुनासो कसैलाई दोष लगाउन होइन ।”
मुलुकमा जनताले कसरी सार्वजनिक सेवा पाइरहेका होलान् भन्ने प्रश्न उब्जाउन लक्षित थियो । मन्त्रीलेभने, “म त्यहाँ गएदेखि त्यो चलेको देखेको छैन, कति महिनामा चल्ला भनेर हेरिरहेको छु ।”
मन्त्री कार्कीले आफूलाई पङ्खाबिना पनि बस्न अप्ठ्यारो नभएको तर भएको सुविधा किन उपभोग गर्न पाइँदैन र सरकारका सबै निकायले जिम्मेवारी पूरा गर्ने विषयलाई कसरी लिएका छन् भन्ने सन्दर्भमा यो विषय एक संसदीय समितिमा गरेका हुन् ।
व्यवस्थापिका–संसद्को विकास समितिको बुधबारको बैठकमा नेपाल टेलिकमको मोबाइल सेवा किन गुणस्तरहीन भयो भन्ने सांसद्को प्रश्नको जवाफ दिने क्रममा आफ्नो निवासको समस्या उल्लेख गर्दै उनले मुलुकको यथास्थितिको चित्रण त्यसरुपमा गर्न विवश भएको देखियो ।
बौद्धिक नेताका रुपमा चिनिने कार्कीले पुल्चोकस्थित आफ्नो सरकारी निवास (मन्त्री क्वाटर) मा पङ्खा नचलेको विषयले मुलुक कसरी चलिरहेको छ भन्ने विश्लेषण गर्न सहयोग पुग्नेतर्फ विधायकको ध्यान ताने । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कार्की मन्त्रीमा नियुक्त भएको करिब एक महिना पुग्न लागेको छ । सुविधाका हिसाबले मन्त्री निवास आकर्षक मानिनुपर्नेमा किन गुनासोयुक्त भयो ? मन्त्री कार्कीको उक्त भनाइबाट सम्भवतः समितिका सदस्यमा थप प्रश्न पैदा भएको थियो ।
समाजवादको दिगो लक्ष्यका साथ राजनीतिमा यात्रारत कार्कीलाई आफ्नो निवासको पङ्खा नचलेको, दूरसञ्चार सेवा प्रभावकारी नभएको जस्ता विषयले मात्र होइन मातहतको गोरखापत्र संस्थानको धर्मपथस्थित जीर्ण भवन देखेर पनि चिन्ता पैदा भएको छ ।
सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरण र ग्रामीण दूरसञ्चार विकास कोषको सदुपयोग लगायतका विषयमा विगतमा समितिले दिएका निर्देशनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा समितिका सभापति रवीन्द्र अधिकारीको प्रश्नको जवाफ दिँदै उनले गोरखापत्र संस्थान पुग्दा भवन चर्किएको देख्दा त्यहाँ कर्मचारीले कुन त्रासमा काम गरेका होलान् भन्ने लागेको अनुभव सुनाए।
केही दिनअघि गोरखापत्र संस्थानको निरीक्षणमा जाँदाको अनुभव सुनाउँदै मन्त्री कार्कीले भने, “यी संस्थाका भौतिक सम्पत्ति पनि प्रशस्त छन् तर सदुपयोग हुन सकेका छैनन् । मेरो चासो यसमा पनि गएको छ । मन्त्री कार्कीले समिति र मन्त्रालयका बीच उचित समन्वय हुनुपर्ने भन्दै सार्वजनिक संस्थालाई सेवामुखी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन नसकिए समाजवादको लक्ष्य बोक्नुको अर्थ नहुने बताए ।
अरिस्टोटल र हकिन्सका समाजवादका व्याख्या सम्झँदै उहाँले सार्वजनिक क्षेत्रमा निजी क्षेत्रको प्रवेश दिनु समाजवादको मर्मविपरीत भएकाले सार्वजनिक संस्थालाई नै प्रभावकारी बनाउन लाग्न आग्रह गरिरहँदा सांसदले गम्भीरतापूर्वक सुनेका थिए ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्