
लमजुङ – निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् असोज १० देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
आयोजना जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार असोज १० का दिन राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने तयारी छ। मध्यमस्र्याङ्दीसम्मको प्रसारण लाइनको पनि परीक्षण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् ७० मेगावाटको मध्यमस्र्याङ्दीको ‘स्वीच’ मा जोडिनेछ।
आयोजनाले मध्यमस्र्याङ्दीसम्म १ सय ३२ केभीको २० किलोमिटर सिंगल प्रसारण लाइन निर्माण गरिसकेको छ। २५/२५ मेगावाटको २ वटा टर्बाइन जडान गरिएको उक्त आयोजनाको युनिट २ बाट बढीमा ३ महिनाभित्र विद्युत् उत्पादन गरी प्रसारण लाइनमा जडान गरिने आयोजनाले जनाएको छ ।
भुलभुले-मध्यमस्र्याङ्दी प्रसारण लाइन आयोजनाका प्रमुख इन्जिनियर गणेश केसीका अनुसार प्रसारण लाइनको ‘चार्जिङ’ मंगलबार सुरु गरिएको थियो। ‘मध्यमस्र्याङ्दीबाट करेन्ट पठाएर बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म प्रसारण लाइनको परीक्षण गर्यौं,’ उनले भने, ‘परीक्षण सफल भएको छ। लोड नलिएसम्म आवश्यकताअनुसार परीक्षण भइरहन्छ।’ उनका अनुसार विद्युत् प्राधिकरण र मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र लाइनको परीक्षण प्रसारण गरिएको हो। परीक्षणमा संलग्न इन्जिनियरले प्रसारण लाइन विद्युत् भार बहन गर्न तयार रहेको बताए ।
हाल परीक्षण प्रसारमा रहेको उक्त आयोजनाबाट सुरुमा युनिट १ टर्बाइन घुमाएर २५ मेगावाट विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ। आयोजनाको अहिले टर्बाइन र टनेलको परीक्षण भइरहेको छ। एक महिनाअघि गरिएको बाँध क्षेत्रको परीक्षण सफल भइसकेको छ।
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्