×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फूलजस्तै रोनी श्री र रोनीसँग अर्थका कुरा : ‘पत्रिका हेर्नेबित्तिकै सुनचाँदीको भाउमा आँखा जान्छ, उपहार किन्न धेरै खर्च गर्छु’

PRIME CA

फूलजस्तै रोनी श्री र रोनीसँग अर्थका कुरा : ‘पत्रिका हेर्नेबित्तिकै सुनचाँदीको भाउमा आँखा जान्छ, उपहार किन्न धेरै खर्च गर्छु’

२५ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: < २ मिनेट

रोनी श्री । नेपाली मोडलिङ क्षेत्रमा उदाउँदै गरेकी एक मोडल । बसोबास काठमाडौँ । सरल स्वभाव, र लजालु पाराको बानी । फूल जस्तै सलक्क परेको सुन्दर मुहार । साथीहरु माझ रमाइली । हाल स्नातकोत्तर अध्ययन गरीरहेकी उनले केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् ।  उनलाई घुम्न जति मनपर्छ त्यति नै रुचीछ नृत्य, र अभिनयमा पनि । यस्तो त उनी गायिका पनि हुन् । गायक देव परियारसँगको उनेको गीत छिट्टैनै बजारमा आउँदैछ ।  
‘राजनीति मन पर्दैन । तर केहि नेताहरुको नाम थाहा छ’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनी भन्छिन् ‘महिलाहरुपनि मन्त्री भएको सुन्दा भने निकै नै खुसी लाग्छ । राजनीतिमा झुकाव नभएपनि अहिले नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीस र सभामुक महिला छन् भन्ने थाहा छ उनलाई । आफ्नो पेसाबारे उनी भन्छिन्, ‘मोडलिङ क्षेत्रमा पैसा वा भविष्य छैन भन्ने भ्रम छ आम नागरिकमा । एउटा म्युजिक भिडियो खेलेको १ लाखसम्म लिने र एउटा फोटोशुटको पचासौं हजार लिने मोडल र नायिकाहरु पनि छन् ।’ उनका अनुसार धैर्य गरेर यो पेशामा लाग्नेहरुको भविष्य उज्वल छ । उनी अगाडी भन्छिन्, ‘संसारमा सबैभन्दा बढी पैसा कमाएका कि व्यापारी छन् कि त कलाकारिता क्षेत्रमा काम गरिरहेका हरु छन् ।’ 
शुक्रबार अर्थ सरोकार डटकमको कार्यालयमा भेटिएकी उनीसँग हामीले केहि आर्थिक क्षेत्रका कुराहरु समेत गर्यौं । ‘शेयर बजारका बारेमा कत्तिको थाहा छ ?’ हाम्रो प्रश्नमा मुस्कुराउँदै उनी भन्छिन्, ‘मलाइ शेयर बजारका बारेमा खासै थाहा छैन । तर साथीहरुले खुब चर्चा गरेको सुन्छु । आज बजार घट्यो रे, बढ्यो रे, भन्ने सुनेको छु ।’ 
‘पत्रिका हेर्नेबित्तिकै उनको सुनचाँदीको भाउमा जान्छ ।’ उनी ठट्यौली पारामा भन्छिन्, ‘ अब सुनचाँदीको भाउ हेरिरहेको हुन्छु भनेपछि आफैं बुझ्नुहोस् न !’ ‘विवाह कहिले गर्नुहुन्छ ?’ हाम्रो पश्नामा उनी भन्छिन्, ‘आफ्नो खुट्टामा उभिनु पर्यो नि पहिला त ! विवाह स्वाभाविक प्रक्रिया हो । उमेर र समय पुगेपछि विवाह हुन्छ नै तर तत्कालका लागि योजना छैन । ‘सुनचाँदीको मूल्य खुब हेर्नुहुन्छ भनेपछि विवाहको तयारी हो कि ? भन्ने हाम्रो प्रश्नमा उनले हाँस्दै भनिन्, ‘ फाइट वाला फिल्म हेर्दैमा कसैलाई कुट्ने प्लान बनाएको हुन्छ र ? (हाँसो) ।
सबैभन्दा बढी खर्च केमा गर्नुहुन्छ ?’ हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘खर्चको मामलामा म अलि कडा नै छु । फुर्मासी खर्च गर्दिन । मेरो अधिकांस पैसा साथीहरुलाई र आफन्तलाई उपहार किन्दा र खानामै खर्च हुन्छ । म खानको सोखिन छु । ‘अनि मोडल भएर धेरै खाँदा मोटाइएला नि त ?’ हाम्रो प्रश्नको उत्तर दिंदै उनी भन्छिन्, ‘त्यो त आफुले ब्यालेन्स गर्ने कुरा हो । धेरै खाँदैमा मोटाइन्छ भन्ने कुरा मलाइचाहिं लाग्दैन ।’ ‘साथीहरुलाई र आफन्तलाई खुब उपहारहरु दिन्छु । ‘ उनी भन्छिन । अनि तपाईंलाइ चाहिं कसकसले उपहार दिनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘कसैकसैले दिन्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: