×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले भने–’अब कहिल्यै नाकाबन्दी नहुने गरी भारतसँग सम्बन्ध सुधार्छु ‘

PRIME CA

प्रचण्डले भने–’अब कहिल्यै नाकाबन्दी नहुने गरी भारतसँग सम्बन्ध सुधार्छु ‘

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रंचण्ड’ ले आफ्नो आसन्न भ्रमणमा भारतले फेरि नेपालमा नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार भारतको चारदिने राजकीय भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीले दुई देशबीचको नयाँ उचाइमा लैजान र आपसी विश्वासको बलियो आधार बनाउन भारतीय नेतृत्वसँग कुराकानी गर्ने बताए ।

‘अघिल्लो वर्ष हाम्रो अनुभव निकै तितो रह्यो । हामीले संविधान घोषणा गर्दैगर्दा रसंविधान घोषणा गरिसकेपछि पनि पीडा भोग्नुप¥यो’, भारतले गत असोजदेखि पाँच महिना गरेको अघोषित नाकाबन्दीको प्रसंग उप्काउँदै प्रचण्डले भने, ‘म भारत जाँदै गर्दा त्यसको सही समीक्षा गर्न र अब फेरि यस्तो कहिल्यै हुनेछैन भन्ने वातावरण बनाउन मेरो ध्यान केन्द्रित हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
  • अन्नपूर्ण पोष्ट

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: