Skip to content
LAXMI SUNRISE BANK

देश भारतको चङ्गुलमा फस्दै गयोःबिजुक्छे

अर्थ सरोकार

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्माणलगायत विभिन्न क्षेत्रको जिम्मेवारी भारतलाई दिँदा देश भारतको चङ्गुलमा फस्दै गएको आरोप लगाए ।
उनले भने ‘पुँजीवादी दल विदेशी चङ्गुलमा फस्दै गएका थिए, अहिले सरकारमा सहभागी कम्युनिस्ट भन्ने दलले पनि समाजवाद छाडेर पुँजीवादतर्फ पलायन हुँदा देश झन् खतरामा परेको छ ।’
भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । कार्यक्रममा उनले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताए । ठूला दलले राजनीतिक स्वार्थ त्याग्न नसक्दा देशमा सङ्कट बढ्दै गएको उनको ठम्याई छ ।
अध्यक्ष बिजुक्छेले भने, ‘नेपाललाई खतरा हुने कुनै पनि सन्धि सम्झौता सरकारले गर्न नहुनेतर्फ औँल्याउँदै उनले दलले राजनीतिक स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । बिभिन्न दाताबाट सङ्कलन भएको ३१ लाख २९ हजार आड सय ३५ रुपैयाँको लागतमा सत्तल निर्माण भएको समितिले जानकारी दिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK