
काठमाडौँ – नेपाली काँग्रेसका संस्थापक वीपी कोइराला र लौह पूरुष गणेशमान सिंहका नातीहरु नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेकाछन । वीपी कोइरालाका नाती सिद्धार्थ र गणेशमानका नाती प्रभासमानसिंह काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गरेका हुन्। उनीहरु दुवैले काँग्रेसको राजनीतिमा प्रवेश गर्ने माध्यम भने तरुण दललाई बनाएका छन्।
कोइराला सुनसरीबाट महाधिवेशन प्रतिनिधी बनेका छन्। सिंह काठमाडौंबाट महाधिवेशन प्रतिनिधी भएका छन । नेता प्रकाशमान सिंह निकटहरु उनका जेठा छोरालाई तरुण दल मार्फत राजनीतिमा ल्याउन चाहिरहेका छन्। उनीहरुले प्रकाशमानसिंहलाई पनि तेस्रो पुस्तालाई राजनीतिमा ल्याउन ढीला गर्न नहुने सुझाव समेत दिदै आएका छन्। सिंह निकटहरुले प्रभासमानलाई सर्वसम्मत बनाउन गरेको गृहकार्य यसैको कडी भएको बताइएको छ ।
जननायक वीपी कोइरालाका नाति सिद्धार्थ कोइराला पनि नेपाल तरुण दलको नेतृत्व सम्हाल्ने गरि तयारी गरिरहेका छन्। लामो समयदेखि तदर्थवादमा चलेको तरुण दललाई नयाँ नेतृत्वको खाँचो रहेको औल्याइँदा सिद्धार्थ राम्रो विकल्प हुनसक्ने आँकलन कोइराला परिवारले गरेपछि सिदार्थ मैदानमा उत्रिदैछन्। विशेषगरि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा उनको चर्चा अहिले एक्कासी ह्वात्तै बढेको छ। नेपाली काँग्रेसका संस्थापक वीपीको नातिपुस्ताले राजनीतिमा त्यति चाँसो नदिइरहेका बेलामा सिद्धार्थले तरुण दलको नेतृत्व सम्हाल्ने आकांक्षा देखिदा उनलाई नेपाली काँग्रेसमा प्रवेश गर्ने एक राम्रो अवसरसमेत बन्ने बिश्लेषण कोइराला परिवारमा पनि छ।यहि आँकलन र विश्लेषणका साथ कोइराला परिवार उनलाई तरुण दल मार्फत काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गराउन चाहिरहेको छ।
वीपीका जेठा छोरा प्रकाश राजनीतिमा भएपनि काँग्रेससँगको लगाव कम छ । शशांक कोइराला महामन्त्री छन्। श्रीहर्ष पनि राजनीतिमा धेरै सक्रिय नभएपनि राजनीतिमा अभ्यस्त छन्। गणेशमानका छोरा प्रकाशमानसिंह पनि नेपाली काँग्रेसको राजनीतिमा छन्। उनी यसअघीको महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्