
काठमाडौँ – नेपाल बैङ्क लिमिटेडका कर्मचारी व्यवस्थापनसँग यसअघि भएका सम्झौता कार्यान्वयन नभएको भन्दै गत बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले बिहान १० बजेदेखि १ बजेसम्म बैङ्कको प्राङ्गणमा धर्ना बस्दै आएका छन् । बैङ्कमा क्रियाशील पाँचवटा कर्मचारी सङ्गठन नेपाल बैङ्क राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल बैङ्क कर्मचारी सङ्घ, वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल बैङ्क कर्मचारी युनियनले संयुक्त रूपमा आन्दोलन गर्दै आएका हुन् ।
बैङ्कको आधिकारिक कर्मचारी युनियन र बैङ्क व्यवस्थापनबीच गत २०७० फागुन २ गते भएको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न व्यवस्थापनलाई आग्रह गर्दा पनि व्यवस्थापनले आलटाल गरेपछि कर्मचारीहरू बाध्य भएर आन्दोलनमा उत्रेको नेपाल बैङ्क राष्ट्रिय कर्मचारी सङ्गठनका वरिष्ठ उपाध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए । कर्मचारी र व्यवस्थापनबीच करारमा रहेका कर्मचारीलाई अवकाससहितको सेवासुविधा प्रदान गर्नुपर्ने, कर्मचारीको उपदान वृद्धि गर्नुपर्ने, कर्मचारीको शिशु स्याहार भत्ता मासिक एक हजार रुपियाँ प्रदान गर्नुपर्ने, कर्मचारीको पोसाक भत्ता वार्षिक चार हजार रुपियाँले वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।
‘हाम्रो आन्दोलन गर्ने रहर होइन बाध्यता हो’, व्यवस्थापनले कर्मचारीका माग पूरा गर्नेबित्तिकै आन्दोलन स्थगित हुन्छ । ’ तत्काल कर्मचारीले सेवाग्राहीलाई सेवा लिन समस्या नहुने तर नीतिगत कुरामा अवरोध हुने गरी आन्दोलन गर्दै आएका छन् । व्यवस्थापन पक्षले माग सुनुवाइ नगरे आफूहरूको आन्दोलन शाखा कार्यालयमा समेत विस्तार गरिने चेतावनी खड्काले दिए । नेपाल बैङ्क लिमिटेडका देशभर गरी १२६ वटा शाखा रहेका छन् ।
हाल नेपाल बैङ्क लिमिटेड केन्द्रीय कार्यालयमा दुई हजार ६०० कर्मचारी रहेकामा करार सेवामा मात्र ६०० कर्मचारी रहेको बैङ्कले जनाएको छ । नेपाल बैङ्क लिमिटेडका नायब कार्यकारी अधिकृत दुर्गाराज रेग्मी भने सोमबारदेखि युनियनका अगुवासँग कर्मचारीका मागका विषयमा अनौपचारिक छलफल सुरु भएको र केही दिनभित्रै निकास निकाल्ने गरी वार्ता अगाडि बढाइने बताउनुभयो । जायज मागको सम्बोधन गर्न व्यवस्थापन पक्ष सकारात्मक रहेको उनले स्पष्ट पारे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्