×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डजी संविधान संशोधन गर्न मोदीलाई होइन, ओलीलाई पत्र लेख्नुस्

LAXMI SUNRISE BANK

प्रचण्डजी संविधान संशोधन गर्न मोदीलाई होइन, ओलीलाई पत्र लेख्नुस्

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – एमाले सचिव योगेश भट्टराईले भारतको चित्त बुझाउन संविधान संशोधन हुन नसक्ने बताएका छन् । प्रेस चौतारीले सुनसरीको इटहरीमा बिहीबार गरेको पत्रकार भेटघाटमा भट्टराईले एमाले संविधान संशोधनको पक्षमा नरहेको प्रस्ट्याए ।
नेपालको संविधान संशोधनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउनु आपत्तिजनक भएको बताए ।
उनले मोदीलाई नभई प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई पत्र लेख्नुपर्ने उनको तर्क थियो । ‘संविधान संशोधनका लागि नरेन्द्र मोदीलाई होइन, केपी ओलीलाई पत्र लेख्नुपर्छ’, भट्टराईले भने, ‘एमालेको सहमति बिना कसरी संविधान संशोधन हुन्छ र ?’ उनले कुनै पनि हालतमा सिमांकनमा हालको सात प्रदेशमा दायाँबायाँ नहुने जिकिर गरे ।
संसदबाट सिमांकन हेरफेर गर्न नमिल्ने भन्दै उनले त्यसका लागि जनमत लिनुपर्ने उल्लेख गरे । काँग्रेस माओवादीले संविधान नै नपढी सिमांकन हेरफेरका लागि संविधान संशोधन प्रक्रिया अघि बढाउन खोजेको आरोप लगाए ।

फरक प्रसंगमा उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई टायर पञ्चरको संज्ञा दिए । भट्टराईले पञ्चर भएको टायर धेरै दिन गुड्न नसक्ने भन्दै सरकारको कामको सदन र सडक दुवैतिरबाट विरोध गर्ने बताए । सरकार देशभित्र मात्र नभई बाहिरसमेत अलोकप्रिय भएको दाबी गर्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगन हुनुलाई सरकारको कूटनीतिक अयोग्यता भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी