×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओनसरीले देखाइन् सभामुखको शक्ति, सुवास नेम्वाङ हेरेको हेर्‍यै !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ओनसरीले देखाइन् सभामुखको शक्ति, सुवास नेम्वाङ हेरेको हेर्‍यै !

१९ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालको इतिहासमा सबभन्दा लामो नौ वर्ष सभामुख हुँदा सुवास नेम्वाङले गर्न नसकेको काम सभामुख ओनसरी घर्तीले गरेर देखाएकी छन् । आफ्नो पालमा सचिव पनि नियुक्त गर्न नसक्ने पूर्वसभामुख नेम्वाङ सभामुख घर्तीका एकपछि अर्को निर्णयबाट छक्क परेका छन् ।

सभामुख घर्तीले संसद्को सचिव पदमा नियुक्तिका लागि माओवादी कार्यकर्ता गोपालनाथ योगीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेकी छिन् । राजनीतिक रुपमा नियुक्ति हुने यो पद विगत नौ वर्षदेखि खाली थियो । शीतल निवासबाट सदर भएर आउन भने बाँकी छ ।
तत्कालीन सभामुख दमननाथ ढुंगानाले ०४८ सालपछि सूर्यकिरण गुरुङलाई सीधै संसदको सचिव बनाएका थिए । पछि उनी संसदको महासचिव हुँदै रुसको राजदूतको कार्यकाल पूरा गरि फर्कीएर अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष छन् । तर, यतिका वर्षसम्म पनि सो पद खाली नै थियो । ०६३ सभामुख बनेका सुवास नेम्वाङ ९ वर्षसम्म सभामुख रहे पनि सो पदमा कसैलाई पनि नियुक्त गरेका थिएनन् । त्यतिबेला कुनै गतिलो वकिल वा संसद् बुझेको मान्छेलाई नियुक्त गर्न नेम्वाङसमक्ष सुझाव नगएको होइन । तर, उनले के कारणले हो, नियुक्त गरेनन् ।
संसदका अरु सचिवहरु त्यहीँभित्रबाट आन्तरिक बढुवाबाट नियुक्त हुन्छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुई सचिव राजनीतिक नियुक्ति हुने व्यवस्था छ । यी राजनीतिक नियुक्ति सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट हुने संसद सेवा ऐनमा व्यवस्था छ ।
यसअघि सभामुख घर्तीले संसदको सचिवालय सचिवमा पनि दुई जनालाई बढुवा गरेकी थिइन् । उनले सहसचिवद्वय हिमलाल सुवेदी र सोमबहादुर थापालाई सचिवमा बढुवा गरेको एक हत्ता नबित्दै सचिवमा राजनीतिक नियुक्तिका लागि सिफारिस गरेकी हुन् ।
त्यसो त सुवास नेम्वाङले नौ वर्षमा नगरेका कारण सभामुख घर्तीले नौ महिने कार्यकालमै गरिसकेकी छन् । सभामुख घर्तीले वविन शर्मालाई प्रेस विज्ञका रुपमा उपसचिव सरहर दिनमणि पोखरेललाई सहमसचिव सरहको कानुनी सल्लाहकारमा नियुक्त गरिसकेकी छन् ।
सभामुखबाट विदा भएपछि एमालेको स्थायी समिति सदस्य र संसदीय दलको उपनेता भएका नेम्वाङले सभामुख हुँदा चाहिँ कांग्रेस निकट मनोहर भट्टराईलाई विनाकारण महासचिवमा दोहो-याएका थिए भने राष्ट्रिय सूचना आयोगमा पनि अरु पार्टी निकटकालाई प्राथमिकता दिएका थिए ।
  • पहिलोन्यूज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: