×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको सचिवालयले पिएको वाह्र लाख पचास हजारको पानीको बिलले खानेपानी मन्त्रालयमा हल्लीखल्ली

GLOBAL IME BANK

प्रचण्डको सचिवालयले पिएको वाह्र लाख पचास हजारको पानीको बिलले खानेपानी मन्त्रालयमा हल्लीखल्ली

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री सचिवालयले पानीको बिल नतिरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का कर्मचारीको टाउको दुख्न थालेको छ ।

एक वर्षे/दुई वर्षको होइन, झन्डै सात वर्ष अगाडिको खानेपानीको बिल भुक्तानी नभएको मामिलाले यस्तो भएको हो । शान्तिप्रक्रियामा आएपछि नयाँबजार, खुसीबुमा घर भाडामा लिएर प्रचण्ड बसेका थिए । उनको सुरक्षाका लागि जनसेना, निजी सेक्युरिटी गार्डको ठूलो जमात खटिएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनकी जेठीसासू तिमिला यमी केयुकेएलकी अध्यक्ष थिइन् ।
प्रचण्डको सचिवालयमा पिउने पानीको हाहाकार भएपछाडि उनैलाई बाबुराम भट्टराईमार्फत गुहारियो । ज्वाइँकै कारण त्यहाँ नियुक्ति पाएकी यमीले यो कुरा नकार्ने कुरै थिएन । ट्यांकरको ट्यांकर पानी नयाँबजार पठाइयो । पछाडि हिसाब गर्दा खानेपानीको बिल मात्र पुग्यो १२ लाख ५० हजार रुपैयाँ † यसपछि प्रमुखहरू फेरिए । महालेखाले बेरुजुमध्ये १२ लाख ५० हजार देखायो । तिमिलापछि गएका अध्यक्ष, महानिर्देशकहरूले यसको हिसाब र बिलका फाइल पल्टाउँदै जाँदा प्रचण्डको सचिवालयमा पठाइएको पानीको बिल चुक्ता नभएको देखायो । महालेखाले बेरुजुको चाङमा उक्त रकमसमेत राखेसँगै केयुकेएलसँग जवाफ माग्यो । र, खानेपानीको महसुल भुक्तानी गर्न ३१ असारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिल काटेको स्रोतको दाबी छ ।
लाजिम्पाटस्थित प्रचण्ड निवासको खानेपानीको बक्यौता तत्काल भुक्तानी गर्न केयुकेलले ३१ असारमा बिल बुझाएको थियो । बिलमा उल्लिखित १२ लाख ५० हजार रुपैयाँ मिनाह गर्न आदेश गर्दै खानेपानी तथा सरसफाइ मन्त्रालयमा सो बिल पुगेको छ ।
३१ असारमा दाहाल निवासमा बुझाइएको बिलमा उल्लिखित रकम हालसम्म पनि भुक्तानी नभएपछि केयुकेलले ताकेता गरेको थियो । तर, महसुल सम्पूर्ण रूपमा मिनाहका लागि तोक लगाउँदै दाहाल निवासको सो बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा पुगेको छ । ‘सबै महसुल मिनाहका लागि पहल गरिदिनुपर्यो, भनेर बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा आएको छ,’ मन्त्रालयका एक सहसचिवका अनुसार ‘कसरी भुक्तानी गर्न सकिन्छ भन्ने उपाय मन्त्रालयले अझै सुल्झाउन सकेको छैन ।

उता, ‘मुसा’ चरित्रका रूपमा उदाएका कालिकोटे सांसद प्रेमबहादुर सिंहलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालय नै दिने तयारी थालिरहेका छन् । र, उनीलाई उक्त मन्त्रालयमा लगेलगत्तै प्रचण्डको सचिवालयले सात वर्षदेखि चुक्ता नगरेको केयुकेएलको ऋण मिनाह हुने बताइन्छ ।
  • एस काठमाडौँ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: