×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजका कारण पानीपूरी र चटपटेको व्यापार घट्यो, फलफूलको माग उच्च !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तीजका कारण पानीपूरी र चटपटेको व्यापार घट्यो, फलफूलको माग उच्च !

Artha Sarokar

१९ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – काठमाडौँमा चोकचोकमा बसेर निकै मीठोसँग खाइने चिज हो पानीपूरी । तर अधिकांस महिला तथा किशोरीहरु बर्त बस्ने आज तीजको दिन पानीपुरीको व्यापार भन्ने घटेको छ ।
अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै कोटेश्वरमा पानी पुरी बेच्ने सर्लाही घर भएका उमेश्वर सिङ  भन्छन्, ‘पानीपूरी खाने खासमा महिलाहरुले नै हो । आज सबै महिला बार्ता बसेका छन् । त्यसैले व्यापार घटेको छ ।’
यता आज फलफूलको भने व्यापार बढेको छ । विशेषगरी स्याउको माग उच्च रहेको व्यापारीहरुको भनाइ छ । ‘हुन त अरु फलफूल पनि बिक्छ तर स्याउको माग बढी छ। ‘ अर्थ सरोकारसंग कुराकानी गर्दै कोटेश्वरकी व्यापारी बन्दना नगरकोटीले बताईन् । ‘
यता मिठाइको व्यापार भने अघिल्ला तीजको जस्तो नभएको गुनासो व्यापारीहरुको छ । ‘अघिल्लो तीजमा राम्रै व्यापार हुन्थ्यो मिठाइको ।  यसपाली धेरै छैन । कारण के हो त्यो पनि थाहा छैन।  ‘
यता व्यापारीहरुका अनुसार रेष्टुरेन्टको व्यापार आझा ठप्प प्राय : छ । यद्यपि डेरीहरुमा भने भीड छ ।     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी