Skip to content
LAXMI SUNRISE BANK

भारतीय चाहनामा ठेसः पशुपति मन्दिर बनाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

अर्थ सरोकार

भूकम्पमा क्षतिग्रस्त बनेका पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतीयलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिएका छन् ।

पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जीर्णोद्धारका लागि भारत सरकारलाई अनुमति दिन सरोकारवाला निकायबीच केही दिनअघि सहमति भएको थियो ।

पुरातत्व विभाग र पशुपति क्षेत्रविकास कोषबीच गत साता सहमति गरेर भारत सरकारलाई सबै मन्दिर बनाउन दिने सहमति स्वीकृतिका लागि मन्त्रिपरिषद लगिएको थियो ।

बुधबार नेपाल पर्वतारोहण संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री शाहीले भने, ‘पशुपति क्षेत्रभित्रका मन्दिरसमेत बनाउने गरी भारतीय प्रस्ताव आएको थियो, मैले त्यो प्रस्ताव फिर्ता गरें ।’

पशुपति नेपालको धरोहर र हिन्दू धर्मको पवित्र भएकाले पशुपतिको भित्री क्षेत्रको निर्माण नेपाल सरकार आफैंले गर्ने बताए । ‘भारतले बनाउन चाहेका बाहिर क्षेत्रहरु दिन सकिन्छ’, उनले भने, ‘भित्री मन्दिरहरु नेपालले बनाउँछ ।’

पशुपतिका मन्दिरहरुको पुननिर्माणका लागि १ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कारोबार दैनिकबाट

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK