
आइतबार निरन्तर बर्षा भइरहे पनि हरितालिका तीजको अवसरमा व्रतालु महिलाहरु आइतबार विहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ ।
पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताए ।
दर्शनार्थीका लागि बिहान ३.३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।
आइतबार पुरुषलाई पशुपति मन्दिर दर्शनमा निषेध गरिएको छ । कोषले यस वर्ष सशुल्क दर्शन बन्द गरेकाले सबै भक्तजन लामबद्ध भइबसेका छन् । यसपटक प्रहरीबाहेक स्वयम्सेवक पनि परिचालन नगरिएको कोषले जनाएको छ । देशभरका शिवालयमा पनि बिहानैदेखि व्रतालु महिला पूजा एवम् दर्शनका लागि पुगेका छन् । – एस काठमाडौँबाट

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्