×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्ड अगाडी ‘उपरखुट्टी’ लगाएर बस्ने को हुन् यी भारतीय पत्रकार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्ड अगाडी ‘उपरखुट्टी’ लगाएर बस्ने को हुन् यी भारतीय पत्रकार ?

Artha Sarokar

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राज्यको उच्च अहोदामा रहने व्यक्तीहरुको लागि विशेष कुटनीतिक मर्यादा कायम हुने गर्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत राज्यका उच्च पद धारण गरेका व्यक्तीहरुसँग गरिने व्यबहारमा मर्यादाबारे ध्यान दिइन्छ । उनीहरुलाई सम्बोधन गर्दा, सँगै बस्दा ‘मर्यादा’लाई ख्याल गरिन्छ ।

केही समय अघि नेपाली कांग्रेसका नेता रामशरण महतले तत्कालीन राष्ट्रपति रामवरण यादव नजिकै उपरखुट्टी लगाएर बसेपछि चर्को विरोध भएको थियो । ठीक त्यस्तै गरी भारतीय पत्रकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्वार्ता लिने क्रममा ‘अमर्यादित व्यबहार देखाएका छन् । केही दिनअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भारतीय पत्रिका ‘हिन्दुस्तान दैनिकका सम्पादक शशि खेरले प्रचण्डसँग अन्तर्वार्ता लिएका थिए ।

अन्तर्वार्ता लिने क्रममा निलो रङ्गकाे हाफ कोट,कमिज र पाईन्ट लगाएर अाएका उनको बसाइ निकै ‘विन्दास’ देखिन्छ । प्रधानमन्त्री प्रचण्ड दुवै खुट्टा तल राखेर अनुशासित पोजिसनमा छन् भने सम्पादक शशि खेर उपरखुट्टी लगाएर बसेका छन् ।

उनले लिएको अन्तर्वार्तालाई ‘एक्सक्लुसिभ अन्तर्वार्ता भन्दै प्रकाशन गरिएको छ । जसमा खेरको तस्विर भने ‘अमर्यादित’ जस्तो देखिन्छ ।

त्यसो त भारतीय राजदूत रणजीत रायले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उप्पर खुट्टी लगाएर बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका थियो । व्यक्तीले कसरी बस्ने आफ्नो नीजि अधिकार भएता पनि कुटनीतिक क्षेत्रमा भने यसले महत्वपूर्ण अर्थ राख्ने गर्छ ।

‘एक पृष्ठ लामो अन्तर्वार्तामा प्रचण्डले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको बताएका छन् । युद्धकालमा आफू अधिकांश समय भारतमा बसेको उल्लेख गर्दै उनले आफूलाई व्यक्तिगत रुपमा युद्धले कुनै असर नगरेको बताएका छन् । उनलाई सम्पादक खेर व्यक्तीगत प्रश्न समेत गरेका थिए ।

  • दियो पोस्ट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी