Skip to content
LAXMI SUNRISE BANK

पत्रकारलाई प्रधानमन्त्री कार्यालयमा रोक लगाइएको छैन

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले पत्रकारहरुलाई प्रधानमन्त्री कार्यालयमा रोक नलगाइएको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पत्रकारलाई रोक लगाएको सामाचार आए लगतै प्रेस सल्लाहकार आचार्यले पत्रकारलाई प्रधानमन्त्री कार्यालयमा रोक नलगाइएको बताए ।

‘प्रधानमन्त्री कार्यालय शिंहदरवारमा पत्रकारलाई कुनै पनि प्रकारको रोक लगाइएको छैन’ आचार्यले भने ‘कोही पत्रकार साथीलाई असुविधा परेको भए तत्काल जानकारी गराउनु आग्रह गर्दछु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा नियुक्त हुनासाथ प्रधानमन्त्रीका सबै गतिविधि र कार्यक्रमहरुमा संचारकर्मीको सहज पहुँच र सूचना प्राप्तिमा सहजताका लागि निर्देश गरेको समेत उनले बताएका छन् ।

  • एस काठमाडौँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK