काठमाडौँ – व्यवस्थापिका–संसदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि कालोबजारी, नाफाखोरी गर्ने र कम गुणस्तर भएका सामान बेच्नेलाई दण्डीत गर्ने काम गरिएको बताएका छन् । उपभोक्ताको हित विपरित काम गर्ने जो कोहीलाई पनि सरकारले नछाड्ने बताउँदै उनले सातै प्रदेशमा त्यसको सुरुवात गरेको बताए ।
उनले सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गर्न आवश्यक कदम चालिने बताए । उनले भने, ‘देशभरका सम्भावित खानी, पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिने छ । पछिल्लो समय भइरहेको सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले छिट्टै सडक व्यवस्थालाई कडा बनाउने र गुणस्तरमा सुधार गर्ने बताए ।