फिलिपिन्स- फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टेले आफ्नो देशको आतंकवादी संगठनलाई खतम पार्न गोरखा सैनिक ल्याउने तयारी थालेका छन् । फिलिपिन्समा निकै खतरनाक गतिविधि गरिरहेको आतंकवादी संगठन अबु सयाफलाई अन्त्य गर्नको लागि गोरखा सैनिक अनिवार्य रहेको उनले बताएका छन् । ‘अबु सयाफसँग लड्नको लागि म गोरखा सैनिक ल्याउँदैछु,’ उनले राष्ट्रिय सुरक्षा अधिकारी र मन्त्रिपरिषद बैठकमा भने ।
फिलिपिन्सकाे अनलार्इन पत्रिकामा अाएकाे समाचार

फिलिपिन्सको चर्चित अनलाईन पत्रिका फिलिपिन्स न्युज नाउका अनुसार गोरखाहरु ‘भाग्नु भन्दा मर्नु जाति’ भन्ने सिद्दान्तको आधारमा युद्धमा लड्ने भएकाले उनीहरुलाई जसरी पनि ल्याउन राष्ट्रपतिले पहल थालेका छन् । ‘उनीहरु पुरानो हतियार खुकुरीको भरमा हजारौंँसँग लड्नसक्छन्,’ उक्त पत्रिकामा भनिएको छ, ‘उनीहरुले खुकुरीको भरमा दूश्मनको रगत पिउँछन ।’
त्यस्तै एक गोरखा सैनिकले ३० तालिवानलाई खुकुरीको भरमा एक घण्टामा हत्या गरेको घटनालाई समेत उनीहरुले उल्लेख गरेका छन् । फिलिपिन्सको डेभाओ शहरमा बम आक्रमण भएपछि राष्ट्रपतिले आतंककारीलाई अन्त्य गरिदिने धम्कि दिएका छन् ।
फिलिपिन्सकाे अनलार्इन पत्रिकामा अाएकाे समाचार

‘संसारको खतरनाक सैनिक गोरखा सैनिकको बलमा यी आतंककारी जिवाणुहरुको अन्त्य गर्नुको कुनै विकल्प छैन,’ राष्ट्रपतिले भनेका छन् ।
- दियो पोस्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्