
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतले प्रस्ताव गरे बमाेजिम नै भारत भ्रमण जाने भएका छन् ।
प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणका बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ । मन्त्रिपरिषद्को निर्णय नहुँदै प्रधानमन्त्री दाहालले सोमबार नै विकास समितिको बैठकमा आफूले भदौ ३० गते भारत भ्रमण गर्न लागेको घोषणा गरेका छन् ।
प्रधानमन्त्री दाहालका विशेषदूतका रूपमा नयाँदिल्ली गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसमक्ष भारतीय अधिकारीहरूले भदौ ३० गते भ्रमणको मिति प्रस्ताव गरेका थिए ।
माओवादी केन्द्रभित्रैबाट पनि भारतले प्रस्ताव गरेको मितिमा नयाँदिल्ली जान नहुने दबाब पाउँदै आएका प्रधानमन्त्री दाहालले भने, ‘म आउने भदौ ३० गते भारतको भ्रमणमा जाने क्रममा छु र हुलाकी मार्गसहित भारतसँग सम्बन्धित विकास निर्माणका कामहरूका बारेमा प्राथमिकताका साथ राख्नेछु । मन्त्रालयहरूको एकीकृत छलफलका क्रममा पनि यी विषय राखिएका छन् ।’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव पेश गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकार प्रमुखको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
- नेपाल आज
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्