×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

GLOBAL IME BANK

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

प्रधानमन्त्री दाहालको भदौ ३० गते भारत जाने र असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ । भदौ ३० गते नेपालीकै बीचमा बढी भेटघाट हुने, दूतावासमा स्वागत कार्यक्रम हुने र विदेशी पाहुनालाई बोलाएर अन्तक्र्रियात्मक कार्यक्रम गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीले समिति बैठकमा जानकारी दिए ।
दोस्रो दिन ३१ गते औपचारिक भेटघाट, असोज १ गते हिमाञ्चल प्रदेशको हाइड्रो प्रोजेक्टको अवलोकन भ्रमण र सोही दिन बेलुका नयाँ दिल्लीमै फर्किएर त्यहाँका बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको छ ।
बाबा रामदेवले सञ्चालन गरेको पतञ्जलि योगपिठको कारखाना अवलोकनको कार्यक्रम २ गतेका लागि तय गरिएको छ भने साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणले नयाँ अध्याय थप्ने प्रधानमन्त्रीको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भदौ ३० देखि असोज २ गतेसम्मको आफ्नो भारत भ्रमणबारे आज जानकारी दिँदै प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्धमा आसन्न भ्रमणले नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे ।
उनले भने – “यो भ्रमणले नयाँ आयाम थप्ने वातावरण बनोस् भन्ने चाहेको छु । त्यो सम्भवाना छ र मैले विश्वास पनि लिएको छु ।”
“मैले अहिलेसम्म जे बुझेको छु, सबैले विगतको तीतोमिठोबाट शिक्षा लिएर अघि बढ्न बल गरेको पाएँ,” उनले भने । एक वर्षअघिका केही तीतामीठा अनुभवसहित दुई देशको सम्बन्धलाई सामान्यीकरण मात्रै होइन सुदृढ गर्नका लागि आधार खडा गर्ने र विश्वासको बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने भनेपछि सामान्यता बढी आशा, जिज्ञासा र शङ्का पैदा हुने गरेको बताउँदै आफ्नो भ्रमण नयाँ सन्धि, सम्झौता गर्ने भन्दा पुराना सन्धि, सम्झौता कार्यान्वयनमा केन्द्रित हुने स्पष्ट पारे ।
भूकम्पपछिको पुनःनिर्माणमा थप सहयोग, ऊर्जा व्यापार सम्झौता ९पिटिए० र जल विद्युत्सम्बन्धी विगतका सम्झौता कार्यान्वयन र हुलाकी राजमार्ग निर्माणका विषयमा छलफल हुने उनको भनाइ छ ।
उनले भने– “स्वतन्त्र बजार अर्थतन्त्रको आधारमा सरकारी मात्रै होइन निजी क्षेत्रले समेत नेपालमा उत्पादन भएको ऊर्जा भारतमा र भारतमा उत्पादन भएको ऊर्जा नेपालमा ल्याउने गरी सहमतिको तयारी गर्दैछौं ।”
प्रधानमन्त्री – सहमतिको ‘फर्मुला’
प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनका लागि छलफल चलिरहेको र छलफल सहमति नजिक पुगेको जानकारी दिए ।
उनले भने, – “हिजो र अस्ति प्रमुख दलका नेता र मधेसी मोर्चाका नेतासँगको छलफलबाट म के भन्नसक्छु भने सहमति हुन्छ । प्रतिपक्षमा रहेका पार्टी पनि त्यो संशोधनमा सहमति गर्नुहुन्छ । त्यो फर्मुला मैल बाहिर भनेको छैन, त्यो फर्मुलामा उहाँहरु आउनुहुन्छ ।”
प्रधानमन्त्रीले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै लैजानेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । उनले भने – “कसैले आफूलाई शासक ठान्ने र कसैले आफूलाई शासित ठान्दै जाने हो यसले देशमा समस्या निम्त्याउँछ । हिमाल, पहाड र मधेस सबै एकतावद्ध हुने सिद्धान्त नै राष्ट्रको हितमा हुन्छ ।”
आफू सोमबार मधेस जान लागेको र मधेसी जनताको समेत विश्वास लिएर भारत जाने उनको भनाइ छ । भारत भ्रमणबारे छलफल गर्न यही भदौ २८ गते सबै पार्टीको बैठक बोलाएको जानकारी पनि उनले जानकारी दिए ।
  • दियो पोस्ट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: