
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणका सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेताहरूलाई जानकारी गराएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको नीजि निवास लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे नेताहरुलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कुनै नयाँ सम्झौता नहुने र पुराना सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताएका छन् । भ्रमणमा विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्ने र तिब्रता दिनेमा केन्द्रित हुनेछ । भ्रमण मूलतः हुलाकी राजमार्ग, पूननिर्माण, विद्युत् व्यापार सम्झौता आदिमा केन्द्रित हुनेछ ।’ प्रवक्ता भुसालका पत्रकारहरुलाई जानकारी दिइन ।
माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपाल राष्ट्रिय हितको पक्षमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्