
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारतको राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्मीले सलामी दिएर विदाई गरेको थियो।
प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु सहभागी थिए। प्रधानमन्त्री दाहाल केहीबेरपछि नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
भ्रमणमा सरकारी, व्यापारी र मिडियासमेत गरी १ सय १६ सदस्यीय टोली रहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारतको राजकीय भ्रमणमा गएका हुन्।
परराष्ट्रका अनुसार आज प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। आजै उनले भारतका विभिन्न राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भदौ ३१ गते उनको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट जानेछन्।
भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सोही दिन केही भारतीय मन्त्रीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्