Skip to content
LAXMI SUNRISE BANK

म भारत जाने कुराले तरंगित हुनुपर्दैन, सपिङ लिस्ट लिएर जान्नः प्रधानमन्त्री

अर्थ सरोकार

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालले जोड दिने बताएका छन् ।

भारत भ्रमणबारे पूर्वपररष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो भारत भ्रमणमा खासै नयाँ विषय छैनन् ।

यसपटक नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौताको प्रभावकारी कार्यान्यवनमा जोड दिइनेछ । भारतीय पक्षबाट पनि भ्रमणमा नयाँ विषय आउँदैनन् भन्ने लाग्छ ।

हाम्रो तर्फबाट पनि नयाँ सम्झौता गर्न जोड दिने छैनौं ।’ उनले आफू लामो ‘सपिङ लिस्ट’ लिएर भारत जान नलागेको बताए ।

भारत भ्रमणमा जाने भन्नेबित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्ने भ्रमणलाई संशयका रुपमा नलिन आग्रह गरे ।

अन्नपूर्ण पोस्टबाट

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK