×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शंकर पोखरेललाई हतकडी लगाउन अपनाइयो यस्तो काइदा !

LAXMI SUNRISE BANK

शंकर पोखरेललाई हतकडी लगाउन अपनाइयो यस्तो काइदा !

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – एमाले नेता शंकर पोखरेलविरुद्ध हुलाक मार्फत महानगरिय प्रहरी परिसर काठमाण्डुलाई जाहेरी पठाइएको छ । समाजवादी युवा फोरम नेपालका उप–महासचिव दुर्गामणि सुवेदीले बिहिबार हुलाकमा रजिष्ट्रि गराई टेकुस्थित महानगरिय प्रहरी परिसरलाई जाहेरी पठाएका हुन् ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि कानुनी प्रक्रियाका लागि हुलाकबाट पोखरेलविरुद्ध जाहेरी दिइएको हो ।विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) अनुसार पोखरेलविरुद्ध हुलाकमा जाहेरी रजिष्टर्ड गरिएको छ ।

रंगभेदी ट्वीट गरेर मधेसी समुदायको अपमान गरेको आरोपमा एमाले नेता शंकर पोखरेलविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि अदालती प्रक्रियाको बाटो अवलम्बन गर्न हुलाकबाट जाहेरी पठाएको उजूरीकर्ता सुवेदीले बताए । सुवेदीले बुधबार महानगरिय प्रहरी परिसर टेकुमा साइबर क्राइम अन्तर्गत एमाले नेता पोखरेलविरुद्ध दिएको जाहेरी प्रहरीले गर्दा गर्न अस्वीकार गरेको थियो ।

‘हिजो प्रहरीले जाहेरी दर्ता नगरेपछि हामीले हुलाक मार्फत् प्रहरीलाई जाहेरी पठाएका हौं’– एमालेको दबाबले प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लगाउँदै सुवेदीले भने, ‘हुलाकबाट पठाइएको जाहेरीले अदालत जाने बाटो सहज भएको छ ।’
पोखरेलमाथि कारबाहीका लागि कानुनी प्रक्रियामा आफूहरु अगाडि बढिसकेको सुवेदीले बताए ।पोखरेलविरुद्ध बुधबार प्रहरीले जाहेरी नलिएपछि न्यायको लागि अदालत जाने तयारी भइरहेको उनले जानकारी दिए ।

‘न्यायका लागि अदालतको ढोका खुल्ला छ, प्रहरीले सहयोग नगरेपनि रंगभेद विरुद्धको लडाई जारी रहनेछ’– सुवेदीले बताए । एमाले नेता पोखरेलले मंगलबार ‘मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्वीट गरेका थिए । चौतर्फी विरोध र प्रतिवाद भएपछि पोखरेलले ट्वीट डिलिट गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी