
काठमाडौँ – प्रहरीले नेकपा एमाले नेता शंकर पोखरेलविरुद्ध जाहेरी दर्ता गर्न अस्विकार गरेको छ । रंगभेदी ट्विट र मधेशी समुदायको अपमान गरेको आरोप लगाउँदै संघीय समाजवादी फोरम नेपालको युवा संगठनको जाहेरी प्रहरीले दर्ता अस्वीकार गरेको हो ।
समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीको नेतृत्वमा गएको टोली पोखरेललाई साइबर क्राइम अन्तर्गत विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कारबाही गरी पाउँ भन्दै निवेदन लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेको थियो। फोरमले पोखरेललाई पाँच वर्ष कैद सजायको माग गरेको थियो । सुवेदीले अब आफुहरु परमादेशका लागि अदालत जाने बताएका छन् । उनले भने ‘न्यायका लागि अदालतको ढोका जहिले नि खुल्ला हुन्छ’ , अब हामी अदालत जान्छौं’ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्